
उपचारका क्रममा प्रचण्डको निधन, सिंगो नेपाल शोकमा डुब्यो
Posted in समाचार
काठमाडौं। वरिष्ठ रंगकर्मी प्रचण्ड मल्लको निधन भएको छ । केही समयदेखि श्वासप्रश्वासको समस्याबाट ग्रस्त रहेका ८८ वर्षीय मल्लको शुक्रबार उपचारका क्रममा काठमाडौंको सिभिल अस्पतालमा निधन भएको हो।
स्वास्थ्यमा थप समस्या भएपछि शुक्रबार दिउँसो १२ बजे अस्पताल पुर्याइएकोमा २ बजे निधन भएको कलाकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले जानकारी दिए।
शर्माका अनुसार मल्लको शुक्रबार साँझ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।
मल्लले थुप्रै नाटकको निर्देशन गरेका छन्। त्यस्तै उनले थुप्रै नाटकको लेखन र अभिनय समेत गरेका छन्।
उनले निर्देशन गरेका ‘पृथ्वीनारायण शाह’, ‘पत्थरको कथा’, ‘फर्केर हेर्दा’ लगायतका नाटक चर्चित छन्। बालकृष्ण समको ‘नेपाल कला मण्डल’बाट मल्लले नाट्ययात्रा शुरु गरेका थिए।