
सुपादेउराली मन्दिरको दर्शन गर्दै असोज २३ गते सनिवारको राशिफल हेर्नुहोस।
Posted in राशिफल
मेषः व्यापार व्यवसायबाट मनग्ने आम्दानी हुनेछ भने आम्दानीका नयाँनयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । विभिन्न अवसरले पछ्याउने तथा रोजगारी पाउने समय रहेको छ । भौतिक तथा भोगविलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य अवस्था सुमधुर बन्नेछ भने अविवाहितहरुको प्रेमले आगामी दिनहरुमा विवाहरुपी निकास पाउने योग रहेको छ । अध्ययनमा प्रगती हुनेछ भने विद्यार्थि वर्गका लागी आजको दिन फलदायी रहनेछ ।
वृषः कार्यक्षेत्रमा काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु सक्रिय हुनेछन् । अनावश्यक साईनो गास्ने तथा बचन दिनेहरुबाट सजक रहनुहोला । सरकारी तथा प्रशासनिक काम गर्दा ध्यान दिनुहोला । सेवा प्रवाह गर्नेहरुले समयमा काम नगर्दिनाले महत्वपूर्ण अवसरबाट वञ्चित हुनु पर्नेछ । राजनीति कर्मिहरुका लागि समय मध्ययम रहेकोले जनताबाट आलोचना सहनु पर्नेछ । आमा बुवा तथा अग्रजसँग मनमुटाव बढ्ने योग रहेको छ ।
मिथुनः धर्म तथा अध्यात्म ज