October 26, 2021

Nepal 1st Online News

टिकटक, पब्जी र फ्रिफायर तुरुन्तै बन्द गर्न अदालतको आदेश !

भिडियो सेयरिङ एप टिकटक र मोबाइल गेम पब्जी तथा फ्रि–फायरमा प्रतिबन्ध लगाउन बंगलादेशको सर्वोच्च अदालतले त्यहाँको सरकारलाई आदेश दिएको छ ।बालबालिकाको मानसिक स्वास्थ्यमा असर पार्ने किसिमका अनलाईन गेम र एपहरु तत्काल प्रतिबन्ध गर्न अदालतले आदेश दिएको हो ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

अदालतले यस्ता गेम र एपमाथि प्रतिबन्ध नलगाउनुको कारण १० दिन भित्र पेश गर्न सरकारको नाममा आदेश जारी गरेको छ ।डेली स्टार (बंगलादेशी पत्रिका) को रिपोर्ट अनुसार यस्ता एपमाथि प्रतिबन्ध माग गर्दे परेको रिटमा सुनुवाई गर्दै न्यायधीश मोजिबुर रहमान मिया र न्यायधीश कमरुल हुसेन मोल्लाह सहितको बेञ्चले यस्तो आदेश दिएको हो ।

युवा र बालबालिकाको मानसिक स्वास्थ्यमा असर पार्ने एपमाथि प्रतिबन्ध लगाउनको लागि सिफारिस गर्ने गरी प्रविधि विज्ञ, शिक्षाविद् र अधिवक्ताहरुको समिति गठन गर्न बंगलादेशी बंगलादेश टेलिकम्युनिकेसन एण्ड रेगुलेसन कमिसन (बीटीआरसी) लाई आदेश दिनको लागि पनि रिट निवेदकहरुले माग गरेका छन्***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Copyright © All rights reserved. | Newsphere by AF themes.