October 27, 2021

Nepal 1st Online News

एक हजार ८ सय ७४ वर्ष पुगेको जिवित मानिस नेपालमै भेटिए (नागरिता प्रमाणसहित)

संसारमा मान्छेको उमेर हदै बढी भए कतिसम्म होला ? सय देखि २ सय वर्षसम्मका हुन सक्छन् । तर, हजार वर्षभन्दा पनि माथि उमेर भएको मान्छे हाम्रै नेपालमा फेला परेको सुन्दा तपाईंलाई अचम्म लाग्ला । तर अच्चम मान्नु पर्दैन, उदयपुरको ताप्ली गाउँपालिका अन्तर्गत पर्ने रुपाटार–९ का राजबहादुर राउतको उमेर १ हजार ८ सय ७४ वर्ष भएको प्रमाण नै फेला परेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

आम नेपालीनागरिकको उमेर नेपाली नागरिताको प्रामाण पत्रले प्रमाणित गर्दछ । त्यही नागरिकताको प्रामाण पत्रलाई आधार मान्ने हो । राउतको उमेर अहिले दुई शताब्दी पुगि सकेको छ । अर्थात एक हजार ८ सय ७४ वर्ष पुगेको हो ।‘खै मेरो नागरिकतामा मेरो उमेर एक हजार ८ सय ७४ वर्ष पुगेको छ रे,’ राज बहादुर राउतले भने, ‘मेरा बाबा र आमाले भनेअनुसार मेरो जन्म २००० साल हो र हाम मेरो उमेर ७४ वर्ष पुग्नु पर्ने हो ।’

एक हजार ८ सय ४५ वर्ष पुगेको ४/८६०/१२३५ नम्वर रहेको नागरिकता राउतको नाममा टोली प्रमुख सुरेन्द्र नाथ आर्यालयले नागरिकता २०४४ साल चैत्र २९ गते प्रमाणित गरेका छन । अहिले राउतको उमेर ७४ वर्ष पुगेको छ ।त्यसपछि २०७३ साल असार २० गते नागरिकाताको पहिलो प्रतिलिपी इलाका प्रशासन कार्यालय कटारीबाट लिएका छन । नागरिकताका अनुसार राउतले २०४४ सालमा जिल्ला प्रशासन कार्यालय उदयपुरबाट गाँउमा गएको टोलीबाट लिएका हुन् ।

उनको जन्म मिति वि.सं २००० साल हो तर, दुई/दुई पटक नागरिकता बनाउँदा समेत जन्म मिति वि.सं २०० साल लेखिदिए । जन्मेको महिना र गतेसम्म उल्लेख गरिएको छैन । नागरिताको आधारमा ७४ वर्षे बृद्ध राउतको उमेर अहिले एक हजार ८ सय ७४ वर्ष भयो । जुन सरकारी कर्मचारीकै गल्ती हो । ‘नागरिताको फोटो देखाउँदै पत्रकार जीवनाथ दाहालले भने, ‘सेवाग्रहीप्रति सरकारी निकायका कर्मचारी गम्भिर नबन्दा बृद्धाको उमेर दुई शताब्दी पुग्यो ।’

यता २०७३ साल असार २० गते पहिलो प्रतिलिपी लिएका राउतको जन्म मिति समेत राम्ररी नहेरी प्रतिलिपी दिने इलाका प्रशासन कार्यालयका कटारी शाखा अधिकृत सुनिल पौडेल रहेका छन् । पौडेलले पनि कुनै त्रुटि नऔल्याइकन प्रमाणित गरेका हुन् । २०४४ सालमा गाँउमा गएको टोलीबाट विग्रेको नागरिकता २०७३ साल असार २० गते पहिलो प्रतिलिपी बनाउँदा पनि सच्चिएन । इलाका प्रशासन कार्यालय कटारीका प्रमुख शाखा अधिकृत सुनिल पौडेलले तत्काल सच्चाउने बताए ।

उनले भने– ‘०४४ सालमा टोलीले बनाएको नागरिता हराएपछि अभिलेख गाईघाट थियो । गाईघाटबाट फ्याक्स मगाएर हतारमा काम गरेका थियौ। त्यो लेख्ने बहिनी हुनुथ्यो, निशा परियार । निशा परियारले समेत वि.सं २०० नै राखि दिनु भएछ । धेरै भीडभाड भएकाले मैले पनि हेरिन, सिधै प्रमाणित गरेर पठाइ दिए । अहिले मैले थाहा पाएँ । अव प्रशासन कार्यालय कटारी मार्फत ताप्ली गाँउपालिकामा पत्र लेखेर सम्बन्धित व्यक्तिको खोजी गरेर सच्याउँछौ । बृद्धको नागरिकतामा जन्म मिति नसच्चिनु कार्यालय प्रमुखको हैसियतले म दोषी हुँ । अव सच्चिने छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Copyright © All rights reserved. | Newsphere by AF themes.