४ दिन सार्वजनिक विदा

भाद्र ४, २०७८ शुक्रबार 94

४ दिन सार्वजनिक विदा

मन्त्रिपरिषद बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।यसका साथै, जनैपूर्णिमाको दिन तराई मधेशमा मनाइने रक्षा बन्धनको दिन समेत सार्वजनिक विदा लेखिएको छ । रक्षाबन्धन भदौ ६ गते परेको छ ।साथै सरकारले गाईजात्रामा नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय गरेको छ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

भदौ ७ मा गाईजात्रा छ ।यस्तै, भदौ २४ गते पर्ने हरितालिका तीजको अवसरमा समेत नेपाली पात्रोमा सार्वजनिक विदा लेखिएको छ । सो दिन महिलाहरुलाई मात्र विदा दिने भनेर पात्रोमा उल्लेख गरिएको हो । यसरी भदाै महिनामा जम्मा ४ दिन सार्वजनिक बिदा दिने भएकाे हो । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

प्रतिकृया दिनुहोस्