भाद्र ३, २०७८ बिहिबार 208

धरान : अन्ततः धरान उपमहानगरपालिकाले भदौ ४ गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ । (मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले भदौ ४ गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो ।आज बसेको कार्यपालिका बैठकले भदौ ४ गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गर्दै डीसीसी एमसीलाई सिफारिस गरेको मेयर तिलक राईले जानकारी दिए ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **
लकडाउन अवधिमा औषधि पसल मात्र खोल्न पाइनेछ । बजार, पसल तथा यातायात सबै पूर्णरुपमा बन्द गर्ने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ । तरकारी पसल पनि बन्द गरिनेछ ।सर्वसाधारणहरुलाई ३ दिन आवश्यक सामान खरिद गर्न वा आफ्नो कार्यहरु सम्पन्न गर्न उपमहानगरपालिकाले आग्रह गरेको छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **
प्रतिकृया दिनुहोस्