कुलमान लाई देश निकाला गर्नुपर्छ : राजेन्द्र बानिया

भाद्र २, २०७८ बुधबार 51

कुलमान लाई देश निकाला गर्नुपर्छ : राजेन्द्र बानिया

कुलमानलाई देशनिकाला गरौं, कुलमान ले देशमा यती योगदान दिए उनि गलत हुन भने देश निकाला गरौं !एक समय देशमै बसेर यहाँको शिक्षाको बिकासमा योगदान गर्छु भनेर डा श्रीरामभक्त माथेमा कम्बोडियाबाट नेपाल आउनुभयो । केही बर्ष काठमाडौमा बसेर केही शैक्षिक संस्थामा काम पनि गर्नुभयो,अन्तत: केही बर्ष अघि उहाँको चित्तदुख्दो अनि निराशाजनक अभिव्यक्ति आयो -” म हारेँ,काम गर्ने कुनै सकारात्मक बाताबरण भएन ।

म त्यसैले गह्रौ मन लिएर कम्बोडिया फर्कँदैछु ।”अर्को एक प्रसङ्गमा ७४ सालतिर भर्खरै कार्यकारी प्रमुख भएको बेला कुलमान घिसिङसङ्ग उहाँकै कार्यकक्षमा अन्तरबार्ता गर्दा उहाँले आफ्नो प्राधिकरणको जागिरको अनुभव सुनाउँदा दुई बर्स बिना काम हाजिर गरेर तलब खान परेको पीडा सुनाउनुभएको थियो ।

तिनै घिसिङ कार्यकारी प्रमुख भएसी भाद्रमा दैनिक ७ घण्टाको लोडसेडिङ तिहारको दिपावलीको दिन समेत देशमा लोडसेडिङ भएन । यो घटनाले पनि हामी कति प्रतिभा पारखी रहेछौं भन्ने देखाउँछ ।अहिले गोबिन्द केसी जुम्लामा अनसन बसेका छन् । ती फकिरलाई कसले उचालिदियो र बिगतमा सानो कुरा हुनासाथ पलेटी कसिहाल्थे त्यसको समीक्षा पछि गरौँला तर उनका केही बिसय त पुष्टि भएका छन् नि ।

स्वास्थ्य क्षेत्र माफियाको हातमा गयो भने जनताले दुख पाउँछन् भन्ने उनको बुझाइ त अहिले फैलिएर सरकार नै माफियाको हातमा गएको हैन रकुलमानका बिसयमा अहिलेएकपछीअर्कजलमाफिया,जनमाफिया,राजनितिक व्यापारी कम्मर कसेर लागेका छन् । यो मामिलामा सरकारमा बस्ने कतिले निर्लज्जताको पराकाष्ठा नाघेका छन् । नेता र मन्त्री हुनु भनेको झुट बोल्ने लाइसेन्स पाउनु हो भने ठिकै छ हैन भने उर्जामन्त्रीले जनताका अघि सफेद झुट बोलेका छन् ।

प्रतिकृया दिनुहोस्