
काठमाडौं । नेपालबाट अफगानिस्तानमा नेपाली श्रमिक पठाउने दुई वटा म्यानपावर कम्पनीले ३३० जना नेपालीको उद्धार भइसकेको जानकारी दिएका छन् । वैदेशिक रोजगार विभागले नेपालबाट अफगानिस्तानमा पठाउने कार्यमा संस्थागत रुपमा संलग्न दुई वटा म्यानपावर कम्पनीलाई नेपालीको अवस्थाबारे जानकारी लिएर आउन निर्देशन दिएको थियो ।
विभागका अनुसार एफएसआई वर्ल्ड म्यानपावर कम्पनी र युनिभर्सल कनेक्सन म्यानपावर कम्पनीले विभागलाई ३३० जना श्रमिकलाई उनीहरु कार्यरत सम्बद्ध नियोग र कार्यालयले कतारको राजधानी दोहामा ल्याइसकेको जानकारी सोमबार दिउँसो दिएका छन् ।आइतबार वैदेशिक रोजगार विभागले टेलिफोनबाट विवरण माग गरेको थियो। म्यानपावर कम्पनीले पनि सोमबार टेलिफोन बाटै विभागलाई यस्तो जानकारी गराएका हुन्।
‘उहाँहरुले यति जानकारी गराइ सकेपछि अब भोलिको दिनमा पनि फर्किन्छन् फर्किँदैनन् भन्ने उहाँहरूकै जिम्माको कुरा हो’, दवाडीले भने।अफगानिस्तानमा ता’लिवा’नले सत्ता क’ब्जा गरेपछि त्यहाँको स्थिति बिग्रन सक्ने भन्दै प्रवासी श्रमिक आफ्नै देश फर्किन थालेका छन्। अमेरिकी सेनाले पनि अफगानिस्तान छाड्ने घोषणा गरिसकेको छ।
म्यानपावर बाहेक व्यक्तिगत श्रम स्वीकृति लिएर गएका नेपाली पनि सम्बन्धित कम्पनी र नियोगको सहयोगमा फर्किरहेका छन्। अहिले यकिन संख्या प्राप्त नभए पनि ठूलो संख्यामा नेपालीहरु दोहा आएको जानकारी पाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।हामीले विभिन्न नियोगहरूलाई पत्राचार गरेर अनुरोध गरेपछि उहाँहरुले हाम्रो नागरिक फर्काइरहनु भएको जानकारी आएको छ।
उहाँहरुको संख्या भने हामी यहीँ आएपछि मात्रै बाहिर ल्याउँछौँ’, परराष्ट्रका एक अधिकारीले भने।विभागका एक अधिकारीहरु अनुसार दिउँसोसम्म ४३७ जना नेपाली काबुलको अन्तर्राष्ट्रिय एयरपोर्टमा उद्धार गर्न जाने विमानको प्रतिक्षामा रहेको जानकारी ती म्यानपावर कम्पनीले दिएका छन् ।राति अबेरसम्म उद्धार भएकाहरुको यो संख्या बढ्नसक्छ,’ विभागका ती अधिकारीले भने,’हामीले ती म्यानपावर कम्पनीबाट श्रम स्वीकृति नवीकरण गएका नेपालीको पनि विवरण मागेका छौं ।’
विभागले सो विवरणलाई अद्यावधिक गरेर सम्बद्ध सरकारी निकायमा जानकारी गराउने बताएको छ । सरकारले सार्वजनिक गरेको सम्पर्क रजिष्ट्रेसन फारम भर्ने पोर्ट र विभिन्न सम्पर्क नम्बरबाट सोमबार साँझसम्म १३४ जना नेपाली पनि सम्पर्कमा आएका छन् । उनीहरुको उद्धारका लागि सरकारले आवश्यक बन्दोबस्त गरिरहेको पररारष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्