October 18, 2021

Nepal 1st Online News

सोफामा बसेर कार्यालय सहयोगीलाइ खुट्टा मालिस गराउदै मेयर साब

धनुषा । पछिल्लो समय जनप्रतिनिधिहरु आफ्नो क’र्तुतले वि’वादमा आइरहेका छन् । त्यस्तै एउटा अपाच्य तस्बिर यति बेला सामाजिक संजालमा भाइरल भैरहेको छ ।तस्बिरमा एक मेयरले कार्यालय सहयोगीलाई खुट्टा मालिस गर्न लगाएका छन् ।कार्यालय सहयोगीलाई खुट्टा मालिस गर्न लगाउने भाग्यमानी मेयर प्रदेश २ को धनुषा जिल्लास्थित विदेह नगरपालिकाका नगर प्रमुख बेचन दास हुन् ।

उनले आफ्नो कार्यकक्षभित्रै कार्यालय सहयोगीसँग खुट्टा मालिस गराउँदै गरेको फोटो सार्वजनिक भएको हो ।एक व्यक्तिले झ्यालबाट खिचेको तस्बिर भाइरल भएपछी मेयर बेचन दासको चौतर्फी आलोचना समेत भएको छ । मेयर दासले आफ्नै नगरपालिकामा काम गर्ने कार्यालय सहयोगी करण दाससँग आफ्नो कार्यकक्षमा सोफामा आरामले बसेर खुट्टा मालिस गराइरहेको सिधाकुरालाई प्राप्त तस्बिरमा देखिन्छ ।

कोठाको भित्रबाट चुकुल लगाएर मेयर दासले कार्यालय सहयोगीसँग खुट्टा मालिस गराइरहेको अवस्थामा उनकै नजिकका एक व्यक्तिले सो तस्बिर झ्यालबाट खिचेको बताइएको छ ।यससम्बन्धमा मेयर दासले आफूलाई सञ्चो नभएपछि एकछिनका लागि कार्यालय सहयोगीसँग खुट्टा मालिस गराउन लगाएको प्रतिक्रिया दिएका छन् ।

उनले कार्यालय सहयोगी करण आफ्नो भाइ रहेकोले यसलाई आफूले सामान्य रुपमा लिएको बताएका छन् ।
मेयर दासमाथि यसअघि पनि गाउँघरको झ’गडा तथा अन्य कुनै मु’द्दा मामिलामा आफू अ’नुकुल नभए पी’डितलाई नै कु’ट्न लगाउने, आफ्नै नगरबासीलाई दुःख दिने गरेको लगायतका आ’रोपहरू लाग्दै आएका छन् ।

Copyright © All rights reserved. | Newsphere by AF themes.