
काठमाडौ । कुनै घ,टना यस्तो फिल्मी शैलीमा भइरहेका छन् की विश्वास नै गर्न सकिन्न । काठमाण्डौँमा केहि दिन अगाडी यस्तै घ,टना भएको छ । निषेधाज्ञाको समयमा सुन्धारामा रहेको होटल प्रेसिडेन्टमा एक महिलाको ला,श फेला पर्यो । तर घटना निक्कै शंकास्पद छ । विगत पन्ध्र महिनादेखि अस्ट्रेलियामा रहेको भनिएकी रजनी गुरुङको लाश होटलमा भेटिएको हो ।होटलको कोठामा रहेको शिलिङमा उनी मृ,त अवस्थामा फेला परेकी हुन् ।
प्रहरीका अनुसार घ,टना निक्कै शं,कास्पद छ । रजनी गुरुङले विगत पन्ध्र महिनादेखि अस्ट्रेलियामा छु भनेर घर परिवारलाई जानकारी दिइरहेकी थिइन् । महानगरिय प्रहरी परिसर काठमाडौका प्रवत्ता रमेश कुमार बस्नेतका अनुसार पोखरा घर भएकी उनी मृ,त अ,वस्थामा फेला परेपछि प्रहरीले अनुशन्धान थालेको छ ।उनी मृ,त भन्ने थाहा पाएपछि प्रहरी पुग्यो । खानतलासी गर्दा उनी पोखराकी रजनी गुरुङ भन्ने पत्ता लाग्यो ।
त्यसपछि उनका परिवार झिकाईयो । अभिभावकको उपस्थितीमा परीक्षणका लागि पठाइएको बस्नेतको भनाई छ । मृ,तक गुरुङको मृ,त्यु कसरी भयो भन्ने बारेमा परीक्षण गरिपोर्टपछि मात्रै बताउन सकिने बस्नेतले बताएका छन् ।तर रजनी गुरुङले घरपरिवारमा विगत पन्ध्र महिनादेखि अस्ट्रेलिया पुगिसके भनेर बताएका कारण उनले किन ढाँटिन् ? पन्ध्र महिनादेखि उनले के गरेर कहाँ बसिन् । यो सबै पत्ता लगाउन प्रहरीले गहिरो अनुशन्धान गरिरहेको छ ।
प्रतिकृया दिनुहोस्