October 26, 2021

Nepal 1st Online News

देश छोडेर भागे अफगानिस्तानका राष्ट्रपति घानी, कहाँ पुगे ?

1 min read

काठमाडाैं। अफगानिस्तानका अधिकारीहरूलाई उद्धृत गरिएका विवरणहरूमा राष्ट्रपति अशरफ घानीले देश छोडेको जनाइएको छ। तालिबान लडाकु समूह राजधानी काबुलनजिकै पुगेका बेला यस्तो विवरण सार्वजनिक भएको हो।उनी ताजकिस्तानतर्फ लागेको रोयटर्सलाइर्ए उदृत गर्दै अलजजिराको समाचारमा उल्लेख छ । सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन्।

अफगान उपाराष्ट्रपति पनि भागेको हुनसक्ने बताइएको छ। दश दिनको अवधिमा अफगानिस्तानका प्रमुख सहरहरू तालिबानको नियन्त्रणमा पुगेको अवस्थामा घानी राजीनामा दिनुपर्ने दबावमा थिए। यसअघि त्यहाँको गृह मन्त्रालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न वार्ता भइरहेको जनाएको थियो।
यसअघि तालिबान समूहले काबुलमा हिं सा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कन दिन लडाकुहरूलाई निर्देशन दिएको थियो।

आइतवार अपराह्ण अफगान राष्ट्रपतिको कार्यालयले स्थिति नियन्त्रणमा भएको दाबी गरेको थियो।
राष्ट्रपतिको कार्यालयले पाश्तो भाषामा गरेको ट्वीटमा लेखिएको छः “काबुलमा फाट्टफुट्ट गो ली चलेको छ, काबुलमा आ क्रमण भएको छैन। सहरको सुरक्षा सुनिश्चित गर्न देशका सुरक्षा र प्रतिरक्षा फौजहरू विदेशी साझेदारसँग मिलेर काम गरिरहेका छन्, स्थिति नियन्त्रणमा छ।”

केही सातादेखि देशका अन्य भागमा हिंसा फैलिँदा भागेका हजारौँ अफगानहरूले काबुलमा शरण लिइराखेका छन्। तालिबान काबुल आइपुगेपछि आइतवार धेरै मानिसले पैसा निकाल्न र यात्रासम्बन्धी कागजपत्र जुटाउन दौडधुप गरेको देखिएको थियो।
तालिबानको तीव्र आरोह एप्रिल: अमेरिकी राष्ट्रपतिद्वारा अफगानिस्तानबाट आफ्नो सेना बाहिरिने घोषणा।

मे महिनाबाट सुरु भएर सेप्टेम्बरसम्ममा सकिने लक्ष्य राखिएको उक्त प्रक्रियाले अमेरिकाको सबैभन्दा लामो युद्ध समापन गराउने बताइएको थियो ।मे महिनामा तालिबानद्वारा दक्षिणी हेलमन्द प्रान्तमा भीषण आक्रमण। अन्य प्रान्तमा पनि आक्रमणको सुरुवात गरेको थियो । त्यसपछि जुनमा तालिबानले ३७० मध्ये ५० भन्दा बढी जिल्ला नियन्त्रणमा लिएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतको भनाइ। उत्तरी भागमा तालिबानको शृङ्लाबद्ध आ क्र मण गरी ।

२१ जुलाईमा एक वरिष्ठ अमेरिकी जेनरलका अनुसार लगभग आधा जिल्लाहरू तालिबानको नियन्त्रणमा लियो र ६ अगस्टमा लडाकु समूहद्वारा जारान्ज कब्जा भयो, तालिबानको पकडमा गएको पहिलो प्रान्तीय राजधानी हो यो ।त्यस्तै १३ अगस्टमा दोस्रो ठूलो सहर कान्दहारसहित अन्य चार प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा पुगे ।

१४ अगस्टमा उत्तरी सहर मजार-ए-शरिफमाथि तालिबानको कब्जामा गयो भने १५ अगस्टमा युद्धबिनै प्रमुख पूर्वी सहर जलालाबाद तालिबानको कब्जामा गयो ।नेपाली नागरिकलाई सम्पर्कमा आउन अनुरोध, कस्तो छ उद्धारको तयारी

Copyright © All rights reserved. | Newsphere by AF themes.