October 27, 2021

Nepal 1st Online News

विद्यालयमा आजदेखि विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ सञ्चालन

साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका विद्यालय सञ्चालनमा आएका छन् । आइतबारबाट ८ देखि १२ सम्मका कक्षा विद्यार्थीको भौतिक उपस्थितिमा सञ्चालनमा ल्याइएको हो । वर्षाका कारण विद्यार्थीको उल्लेख्य उपस्थिति भने देखिएको छैन । माईस्थान विद्यापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश चौरसियाले पहिलो दिन ५० प्रतिशत विद्यार्थी विद्यालयमा उपस्थित भएको जानकारी दिए ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि पर्सामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइएको थियो । जसका कारण विद्यार्थीको पढाइ लामो समयदेखि प्रभावित भइरहेको थियो । निजी विद्यालय र केही सामुदायिक विद्यालयहरुले माथिल्लो कक्षालाई अनलाइन प्रविधि मार्फत पठनपाठन गराउँदै आएका भए पनि सामुदायिक विद्यालयका अधिकांश विद्यार्थी पढ्नबाट वञ्चित थिए ।

Copyright © All rights reserved. | Newsphere by AF themes.