October 19, 2021

Nepal 1st Online News

खोटाङका ६७ वर्षीय बृद्ध उदयपुरमा टिकटक भिडियो बनाउदै गर्दा पोखरीमा डु,बेर नि,धन

उदयपुर । टिकटकका लागि भिडियो बनाउदै गर्दा उदयपुरमा एक बृद्धले पोखरीमा डुबेर ज्यान गुमाएका छन् । खोटाङ स्थायी घर भएका ६७ वर्षीय डिल्लीशेर राईले उदयपुरको त्रियुगा नगरपालिकास्थित देउरीमा टिकटक भिडियोका लागि पौडी खेल्दै गर्दा ज्यान गुमाएका हुन् ।बुधबार दिउँसो ४ः०० बजे घरमा गर्मी भएको र पोखरीमा सीतलका लागि नुहाएर आउने भन्दै निस्कीएका थिए ।

घरबाट पोखरी जाँदा उनले एक ८ वर्षीय बालकलाई पनि सँगै लिएर गएका थिए । दुवैजना पोखरी पुगेपछि ती बृद्ध बाहीरि कपडा खोलेर पौडी खेल्न पसेका थिए ।
पौडी खेल्दा आफ्नो ‘भिडियो खिच्नू’ भन्दै उनले बालकलाई मोवाई भिडियो रेकर्ड अन गरी हातमा दिएर उनी पसेका थिए । हाँसहरु पनि पौडीरहेको सो पोखरीमा बृद्ध राई केही पटक ओहोरदोहोर गरेपछि भिडियो खिचीरहेका बालकले एक्कासी बृद्ध गायक (डु,बेको) देखेपछि उनले घरमा आएर खबर गरेका थिए ।

बृद्ध डु,बेको देखेपछि बालक अ,त्तालिएको सुनेपछि वरपर रहेका सर्वसाधरणले उनलाई पोखरीबाट झिकेको भएपननि प्राण गइसकेको अवस्थामा पाइएको स्थानीयले बताएका छन् । परिवारका अनुसार ती बृद्धले केही दिनअघि मात्र नयाँ मोवाईल सेट किनेका थिए । सधैजसो प्राय टिकटक हेरिरहने उनले आफूलाई पनि टिकटक भिडियो बनाउन मन लागेको परिवार सदस्यहरुसँग बताउदै आएको मृ,तकी श्रीमति ७९ वर्षीया कन्याकुमारी राईले जानकारी दिइन् ।

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर ४ बतासे बोल्पा स्थायी घर भई हाल हाल उदयपुरको त्रियुगा नगरपालिका देउरी चोक नजिकै घर बनाएर बस्दै आएका राईको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर ल्याइएको छ ।

Copyright © All rights reserved. | Newsphere by AF themes.