October 26, 2021

Nepal 1st Online News

कसरी सम्झाउ म आमालाइ कि तिमी फर्केर आउदैनौ भनेर, कस्तो अभागी जात केटा मान्छेको धित मरुन्जेल रुन समेत पाएन

हरेक पटक म घर पुग्ने बितिक्कै उथलपुथल हुने मेरो झोला यो पाली घर पुगेको हप्ता बितिसक्दा पनि एक कुनामा थन्किरह्यो । म घर आउदै छु भन्ने थाहा पाएपछी मेरो झोला बोक्नकै लागि भनेर आधा बाटो पुग्ने बहिनीले यो पाली म घर पुगेको थाहा पाएन । एक जोर कपडाको लागि खुब झगडा गर्ने बहिनीको आवाज सम्म सुन्न पाइएन । “दादा” … यो शब्द तिम्रो मुखबाट नसुनेको नि निक्कै दिन भैसकेछ बुनि । **थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

घर बनाउन घर छोडेर हिडेको थिए , तर घर फर्किदा त्यो घर अधुरो भैसकेछ । कोहि आओस् अनि सोधोस मलाइ “गुमाउनु” भनेको केहो ? म मेरो परिवारले गुमाएको हिसाब देखाइदिन्थे , कोहि सोधोस “आँसु” को अर्थ केहो ? म मेरि आमाको आँखा बाट झरेको आशु देखाइदिदोहु । कस्तो अभागी जात केटा मान्छेको , धित मरुन्जेल रुन सम्म नपाइने । – आफ्नी बहिनीको निधन पश्चात दाई नवीन जोशीले लेखेको मनै छुने स्टाटस**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

Copyright © All rights reserved. | Newsphere by AF themes.