October 26, 2021

Nepal 1st Online News

२६ करोड रुपैयाँको औ’षधि असफल, उपचारपछि पनि ११ महिनाकी बालिकाको मृ’त्यु

काठमाडौं। संसारकै सबैभन्दा महंगो २६ करोड रुपैयाँ मूल्य पर्ने औ’षधिले पनि ११ महिनाकी बालिकालाई बचाउन सकेन । यी बालिकालाई यो अत्यन्तै महंगो पर्ने औ’षधिको सुई लगाइएको थियो तर यी बालिका वेदिका शिन्देको मृ’त्यु भएको छ ।आइतबार राती सास फेर्न समस्या भएपछि उनलाई पुणेको एक अस्पतालमा भर्ना गरिएको थियो ।

अबेर राती उनको मृ’त्यु भएको छ ।महाराष्ट्रको पिंपरी चिंचवाडका सौरभ शिन्देकी छोरी वे’दिकालाई स्पा’इनल मस्कु’लर एट्र’फी (एसएमए) नामको जे’नेटिक स्वास्थ्य समस्या थियो ।उनको उपचारको लागि उनका मातापिताले क्रा’उडफण्डिङमार्फत हजारौं जनाबाट सहयोग उठाएर २६ करोड रुपैयाँ जम्मा गरेर अमेरिकाबाट जोलगेन्स्मा नामको इन्जेक्सन मगाएका थिए ।

यो रोगको यही अन्तिम उपचार मानिन्छ ।वेदिकालाई जुन महिनामा यो इन्जेक्सन लगाइएको थियो ।
त्यसपछि पूरै परिवार निकै खुसी थिए र वेदिकाको कहानी सामाजिक संजालमा निकै भाइरल भइरहेको थियो । तर, यो खुसी धेरै दिन टिक्न सकेन र वे’दिकाले आइतबार संसारबाट वि’दा लिइन् । वेदिकाको यसरी मृ’त्यु भएपछि परिवार र उनलाई सहयोग गर्नेहरु शो’कमा छन् ।यति महंगो औ’षधि दिइसकेपछि पनि वेदिकाको मृ’त्यु कसरी भयो भन्ने विषयमा मानिसहरु प्रश्न उठाइरहेका छन् ।

Copyright © All rights reserved. | Newsphere by AF themes.