October 26, 2021

Nepal 1st Online News

श्रीमती सुत्केरी हुँदा श्रीमानले गाउँको भाउजुलाई कोठामा ल्याए, मसंग खुसी छैनौ भने ठिकै छ छोराको जिम्मा लेउ भन्दै श्रीमान्लाई पठाइन् सन्देश (भिडियो हेर्नुस्)

काठमाडौ । १५ वर्षकै उमेरमा विवाह गरेकी थिइन् व्रितिना वलीले । उनले १६ वर्षकै उमेरमा बच्चा जन्माइन् ।त्यतीबेला उनीहरु रोजगारीका लागि भारतमा बस्थे ।भारतमा १५ महिना बस्दा उनको छोरा जन्मियो ।काखमा सानो छोरा थियो तर उनका श्रीमानले आफ्नै गाउँको भाउजु नाता पर्ने महिलालाई दोस्रो श्रीमती बनाएर लिएर गए । श्रीमानले आफु बसेकै कोठामा अर्की महिला लिएर आएपछि ब्रितिनालाई सहि नसक्नु भयो । उनी संगै बस्न सकिनन् ।

छोरा ३ महिनाको हुँदा भाउजुलाई लिएर आएका श्रीमान एउटै कोठामा ९ दिन बसे । पछि उनकै दाई पर्नेले उनलाई फिर्ता लिएर गए ।श्रीमानले दिएको यस्तो पी डाका कारण उनी अस्वस्थ्य भईन् । अस्पतालमा उपचारका लागि भर्ना गरिएकी थिइन् ।त्यही बेलामा श्रीमानको फोन आयो । उनले श्रीमतीलाई खुसीको कुरा सुन मैले अर्को विवाह गरेँ । मलाई हेर्नेले भनेको छ कि तँ म रे पछि कि मैले अर्को विवाह गरेपछि खुसी हुन्छस् भनेका कारण मैले विवाह गरेँ ।उनका छोरा अहिले ४ वर्षका भए ।

भाउजु लिएर आएका उनका श्रीमान अहिले सम्पर्क विहिन् छन् । आफ्नो पेट पाल्नकै लागि छोरालाई घरमा छोडेर उनी काठमाडौको कालिमाटिमा सानो काम गरेर बस्छिन् । उनका श्रीमान भारतमै कतै लुकेर बसेका छन् ।व्रितिना वली आफ्नो छोराको अधिकारको लागि श्रीमानको खोजी गरेको बताउँछिन् । श्रीमानले आफुलाई नहेरे पनि छोराको अधिकार दिन आग्रह गर्छिन । म संग खुसी छैनन् भने ठिकै छ, तर छोरालाई भने अधिकार चाहिन्छ उनले भनिन् ।

Copyright © All rights reserved. | Newsphere by AF themes.