काठमाडौं मोडल कलेजको होस्टलमा बस्ने विद्यार्थीको मृत्युमा कलेजको मौनता किन ?

पुष ६, २०७८ मंगलबार 636

काठमाडौं मोडल कलेजको होस्टलमा बस्ने विद्यार्थीको मृत्युमा कलेजको मौनता किन ?

बागजबारस्थित काठमाडौं मोडल कलेज (केएमसी)को होस्टलमा बस्ने विद्यार्थीको मृत्यु भएको छ ।

होस्टलको बाथरुममा नुहाउन गएका १८ वर्षीय सुशिल सहनी धेरै बेरसम्म ननिस्केपछि होस्टलका कर्मचारीले ढोका फुटाएर हेर्दा बेहोस अवस्थामा भेटिएका थिए ।

सोमबार दिउँसो उनलाई उपचारका लागी काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको आइसियुमा उपचार हुँदै गर्दा उनको
मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताएको भनेर रातोपाटीले उल्लेख गरेको छ।

सहनी ११ कक्षामा अध्ययनरत थिए । होस्टलको लापरवाहीले सहनीको मृत्यु भएको भन्दै विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन् भने यस विषयमा अहिले सम्म पनि कलेज मौन रहेको देखिएको छ ।

प्रतिकृया दिनुहोस्