पुस १० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

पुष ६, २०७८ मंगलबार 614

पुस १० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

काठमाडौ । पुस १० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको छ ।एक शिक्षकलाई कोभिड–१९ सङ्क्रमण पुष्टी भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ।

 

विद्यालयमा कार्यरत शिक्षकलाई कोरोना देखिएपछि १० पुससम्म विद्यालय बन्द गरेको विद्यालयले जनाएको छ।धनकुटाको पाख्रिबास नगरपालिका–५ स्थित जाल्पादेवी

 

माध्यमिक विद्यालयमा कार्यरत ती शिक्षकको कोभिड–१९ परीक्षण गर्दा नतिजा पोजेटिभ आएको विद्यालयका प्रधानाध्यापक निर्मल रिमालले बताउनुभयो । पोजेटिभ आएका शिक्षक घरैमा होम आइसोलेसनमा बसिरहनुभएको छ ।

 

१० पुसपछि सङ्क्रमित शिक्षकको अवस्था, अन्य विद्यार्थी र शिक्षकको अवस्था सामान्य रहे विद्यालय सञ्चालन गर्ने र अवस्था असामान्य रहे पुनः बैठक बसेर निर्णय गर्ने रिमालले जानकारी दिनुभयो ।

 

यता, पाख्रिबास नगरपालिकाले भने कोभिड– १९ को परीक्षणको व्यवस्था मिलाएको जनाएको छ। नगरप्रमुख वृषबहादुर राईले कोभिडको आशङ्का लागेका सबै विद्यार्थी र शिक्षकको परीक्षणको तयारी भइरहेको जानकारी दिनुभयो ।

 

विद्यालयमा कार्यरत अन्य दुई शिक्षकमा पनि कोभिड सङ्क्रमणको आशङ्का गरिएकोमा नतिजा नेगेटिभ आएको प्रधानाध्यापक रिमालले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्