बाबुराम भट्टराई एमाले प्रबेश , ओली र भट्टराई बिच १० बुधे सहमती

पुष ३, २०७८ शनिबार 182

बाबुराम भट्टराई एमाले प्रबेश , ओली र भट्टराई बिच १० बुधे सहमती

काठमाडौं

 

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वृहत् एकताको प्रस्ताव पनि राखेका बुझिएको छ ।

 

उच्च राजनीतिक स्रोतका अनुसार बाबुरामले एमालेसँग पार्टी एकीकरणको प्रस्ताव राखेका थिए ।बाबुरामले माओवादी केन्द्रसँग फेरि एकीकरण गर्न आग्रह गर्नुभएको थियो । उहाँले त्यस्तो एकीकरणमा आफू पनि सामेल हुने बताएका छन् ।

 

स्रोत अनुसार फेरि पार्टी एकीकरण गर्न माओवादीका तर्फबाट पहल सुरु भएको छ । स्रोत अनुसार जनार्दन शर्मा, वर्षमान पुन,कृष्णबहादुर महरा, हरिबोल गजुरेल लगायतका नेताहरु वृहत कम्युनिष्ट केन्द्र बनाउनुपर्ने भन्दै प्रधानमन्त्री ओली निकट नेताहरुसँग सम्पर्कमा पुगेका छन् ।

 

‘केपी ओलीलाई नै अध्यक्ष मान्न तयार छौं’– माओवादीका ती नेताहरुको प्रस्ताव रहेको बुझिएको छ ।

 

बाबुरामले एकीकरणको प्रस्ताव राख्नुहुँदा केपी ओलीले तपाईंले कम्युनिष्ट पार्टी नै छाडिसक्नुभएको छ कसरी आउनुहुन्छ भनेर सोधेमन थिए ।

 

जवाफमा बाबुरामले ह्रदयेश त्रिपठीको उदाहरण दिँदै त्रिपठी कम्युनिष्ट नभए पनि कम्युनिष्ट पार्टीमा रहेका उदाहरण दिएका थिए ।

 

केपी ओली प्रधानमन्त्री पदमा तेस्रो पटक नियुक्त भएपछि प्रचण्ड निकट नेताहरुले पार्टी एकताको पहल थालेका हुन् ।

 

जानकारहरु भन्छन्– अध्यक्ष प्रचण्डकै इसारामा एकीकरणका लागि माओवादी भित्र आवाज उठ्न थालेको हो ।

 

केपी ओलीलाई नै पूर्ण अध्यक्ष मानेर भए पनि एकीकरण गर्नुपर्छ भन्ने आवाज माओवादीको तल्लो तहसम्मबाटै उठ्न थालेको छ ।

प्रतिकृया दिनुहोस्