ओमिक्रोनका कारण नेपालमा पनि लकडाउनको घोषणा

पुष २, २०७८ शुक्रबार 303

ओमिक्रोनका कारण नेपालमा पनि लकडाउनको घोषणा

नेपालमा ओमिक्रोन भेरिअन्टका दुईजना सङ्क्रमित फेला परेसँगै खासगरी काठमाण्डू उपत्यकामा सम्भावित प्रतिबन्धात्मक कदमलाई लिएर सर्वसाधारणले चासो व्यक्त गर्न थालेका छन्।

 

 

सामाजिक दूरी, मास्कको प्रयोगलगायत जनस्वास्थ्यका मापदण्डको पालनामा फेरि कडाइ गर्नुपर्ने विज्ञहरूले सुझाइरहँदा कतिपय मानिस सम्भावित लकडाउनलाई लिएर झस्केका हुन्।

 

 

ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्तिमा सङ्क्रमण भेटिएको सोमवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको थियो।

प्रतिकृया दिनुहोस्