नेपालमा फेरी लक्डाउन हुदै, भर्खरै आयो यस्तो खबर।

पुष २, २०७८ शुक्रबार 224

नेपालमा फेरी लक्डाउन हुदै, भर्खरै आयो यस्तो खबर।

काठमाडौँ – कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वका विभिन्न देशमा तीव्र रूपमा फैलिन थालेपछि नेपाल सरकारले नौ राष्ट्रबाट नेपाल आउने नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।

 

सरकारले दक्षिण अफ्रिका, हङकङसहित नौ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको हो । सरकारले संक्रमणको जोखिम भएका मुलुकबाट आउने यात्रुलाई अन अराइभल भिसा पनि नदिने निर्णय गरेको छ ।

 

मन्त्रिपरिषद् बिहीबार बसेको बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन साताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरूलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।

 

 

ती मुलुकबाट शुक्रबार राति १२ बजेदेखि नेपाल प्रवेश गर्न रोक लगाइएको हो । तर, हाल ती मुलुकबाट नेपालतर्फ आउँदै गर्दा बाटोमा रहेका यात्रुले प्रवेश अनुमति पाउने भएका छन् तर अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ ।

 

 

सबैभन्दा पहिले ओमिक्रोन भाइरस दक्षिण अफ्रिकामा देखापरेको थियो । त्यसपछि अहिले हङकङ, दक्षिणी छिमेकी राष्ट्र भारतमा समेत नयाँ भेरियन्टको संक्रमण पुष्टि भइसकेको छ ।

 

 

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कर्नाटका राज्यमा दुई जना पुरुषहरूमा कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण भेटिएको पुष्टि गरेको छ । यो भेरियन्ट डेल्टाभन्दा पनि निकै संक्रामक हुन सक्ने वैज्ञानिकहरूले बताएका छन् ।

 

 

यसको संक्रमणको गति विस्तृत अध्ययन हुन बाँकी छ तर यो निकै संक्रामक रहेको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन् । राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्