खुसीको खबर ! पेट्रोलियम पदार्थको मुल्य आजदेखि नसोचेको तरिकाले घट्दै

पुष २, २०७८ शुक्रबार 375

खुसीको खबर ! पेट्रोलियम पदार्थको मुल्य आजदेखि नसोचेको तरिकाले घट्दै

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ । भारतले पेट्रोलियम पदार्थको मूल्यसूची पठाउँदा पहिलेको तुलनामा मूल्य कम खरीद मूल्य पठाएपछि नेपालले पनि सोहि अनुसार मूल्य समायोजन गर्न लागेको हो ।

भारतीय आयल निगमले नेपाललाई हरेक अंग्रेजी महिनाको १ तारिख र १५ तारिखमा नयाँ मूल्यसूची पठाउने गर्दछ । भारतीय आयल निगमले १५ डिसेम्बर अर्थात् मङ्सिर २९ गते नयाँ मूल्य सूची पठाएको छ । भारतीय आयल निगमले घटाएर नयाँ मूल्यसूची पठाएपछि नेपालमा पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने भएको हो ।

निगमले आज नयाँ मूल्यसूची सार्वजनिक गर्ने तयारी गरेको छ । निगम स्रोतले भन्यो ‘भारतबाट घटेको मूल्यसूची आएको छ, शुक्रबार बैठक बसेर नयाँ मूल्य सूची तोक्ने छौ, के मा कति घटाउने भन्ने नै टुंगो लाग्छ, डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटेर आउने छ ‘।

अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि भारतले पनि घटेको मूल्य सूची पठाएको हो । भारतीय आयल निगमले यस अघि डिसेम्बर १ मा पनि मूल्य घटाएर पठाएपनि नेपाल आयल निगमले भने आफ्नो उच्च घाटालाई देखाउदै मूल्य घटाएको थिएँन।

निगमले त्यस समय भनेको थियो ‘पछिल्लो पटक ईण्डियन आयल कर्पोरेशनवाट मिति २०७८/०८/१५ (१ डिसेम्बर २०२१) मा प्राप्त नयाँ खरिद मूल्य केही घटेर आएतापनि निगमलाई प्रति लिटर पेट्रोलमा अझैपनि रू. १०। ३५. डिजेलमा रू. ७।४४ तथा एल.पि.ग्यासमा घाटा वढेर प्रति सिलिण्डर रू. ७५८ ।

२५ पुगेको अवस्था छ भने मट्टितेलमा रू. १६ । ६२, हवाई ईन्धन (अन्तर्राष्ट्रिय) तर्फमा रू. २२।४८ र हवाई ईन्धन (आन्तरिक) तर्फमा रू. ७।४९ प्रति लिटरले नाफा भई समग्रमा १५ दिनमा करीब रू. १ अर्व ९७ करोड ६७ लाख घाटा अर्थात् मासिक रूपमा करिब रू. ३ अर्व ९५ करोड ३४ लाख घाटा नै रहेको अवस्था छ ।’

नेपाल आयल निगमले पछिल्लो पटक २०७८ । ०७। २४ को राति १२:०० वजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल/मट्टितेलको साविकको विकि मूल्यमा रू. ३।०० ले वृद्धि गरी काठमाडौंको लागि नयाँ खुद्रा विक्रि मूल्य प्रति लिटर क्रमशः रू. १३६ ।

०० र रू. ११९।०० तथा आन्तरिक एवं बाह्य हवाई ईन्धनमा रू. ५।०० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर रू. १०१।०० तथा

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य अमेरिकी डलर ८९५।०० प्रति किलो लिटर र एल.पी.ग्यासमा रू. ७५।०० ले वृद्धि गरी काठमाडौंको लागि नयाँ खुद्रा विक्री मूल्य रू. १.५७५ । ०० प्रति सिलिण्डर कायम गरेको थियो । त्यसपछि पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छैन ।

प्रतिकृया दिनुहोस्