अन्ततः शेरबहादुर देउवा कांग्रेस सभापति बन्न असफल, कसले कति मत ल्याए ?

मंग्सिर २९, २०७८ बुधबार 539

अन्ततः शेरबहादुर देउवा कांग्रेस सभापति बन्न असफल, कसले कति मत ल्याए ?

नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ ।

पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन् भने डा. शेखर कोइरालाले १७२९ मत प्राप्त गरे ।

तेस्रो स्थानमा प्रकाशमान सिंहले ३७१ मत प्राप्त गर्दा विमलेन्द्र निधिले २४९ मत र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन् ।

कांग्रेसको विधानअनुसार अब दोस्रो चरणमा बढी मत प्राप्त गर्ने देउवा र कोइरालाबीचमात्र प्रतिस्पर्धा हुनेछ । बाँकी उम्मेदवारले कसलाई समर्थन गर्छन्,त्यसले सभापतिमा जितको आधार तय गर्नेछ ।

नेपाली कांग्रेसले पहिलो चरणको चुनावमा सभापति छान्न असफल भएको छ । नेपाली कांग्रेसको नयाँ सभापति चयनका लागि भएको चुनावको मतपरिणाम अनुसार पहिलो चरणमा कसैले पनि बहुमत नल्याएपछि फेरि दोस्रो चरणको चुनाव गर्नुपर्ने भएको हो ।

अहिलेसम्म प्राप्त मतगणनाको परिणामअनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता बढाएका छन् । तर, उनले पहिलो चरणमै विजयी हाँसिल नगर्ने पक्कापक्की भएको हो ।

केहिबेरअघि सार्वजनिक भएको मतपरिणाम अनुसार सभापति पदका पाँच उमेदवारमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि निर्वाचन दोस्रो चरणमा गएको हो ।

प्रतिकृया दिनुहोस्