मंग्सिर २५, २०७८ शनिबार 510

पुरुष बिरामी मात्र भएको कोरोनाभाइरस वार्डमा पारदर्शी पीपीइभित्र भित्री वस्त्र मात्र लगाएर ड्युटीमा खटिएकी एक नर्सलाई कारवाही गरिएको छ ।रुसको एक अस्पतालमा खटिएकी ती नर्सको फोटो भाइरल भएको थियो । वार्डमा भर्ना भएका एक बिरामीले उनको फोटो खिचेर इन्टरनेटमा शेयर गरेका थिए ।राजधानी मस्कोदेखि सय माइल दक्षिणमा रहेको शहर तुलामा भर्ना भएका ती बिरामीले फोटो शेयर गर्दै नर्सको यस्तो पहिरनले बिरामीहरुलाई भने कुनै गुनासो नभएको बताएका थिए ।डेलीमेलको समाचार अनुसार अस्पताल प्रशासनले ती नर्सलाई न्यूनतम पहिरन नलगाएको भन्दै कारवाही गरेको छ ।
प्रतिकृया दिनुहोस्