बाबुको लास न’उठ्दै ऋण असुल्न पुगेका साहुले छोरीको कुरा सु’नेर उ’ल्टै १५ लाख दिए !

कार्तिक २५, २०७८ बिहिबार 20

बाबुको लास न’उठ्दै ऋण असुल्न पुगेका साहुले छोरीको कुरा सु’नेर उ’ल्टै १५ लाख दिए !

गाउँमा एकजना भलाद्मी मानिसको निधन भएछ। उसका छोराहरू र छरछिमेक मिली लास जलाउन लैजाने तयारी भइरहेको समयमा एक अपरिचित व्यक्ति आउँछ र लासको पाउ समात्दै भन्न लाग्छ “मर्ने मानिसले मसँग १५ लाख लिनु भएको थियो, पहिला मलाई उक्त पैसा कसले तिर्ने भन्नुहोस्, त्यसपछि मात्र लासको दाहसंस्कार गर्न लैजानुहोस्।

अब तमाम मलामीहरू खडा भएर तमाशा हेरिरहेका थिए, छोराहरूले बताए कि मर्ने मानिसले कहिल्यै कसैसँग पैसा कर्जा लिएको कुरा गर्नु भएको थिएन। त्यसैले हामी यो पैसा दिँदैनौ। छोराहरूले त तिर्दैनन् भने हामी छिमेकीहरूले त तिर्ने कुरै भएन भन्न लागे छिमेकीहरू। लासलाई बोक्न खोज्छन् तर त्यस मानिसले लासको पाउ समातेर बसिरहेको हुन्छ।

यो खबर घरभित्रसम्म पुग्छ। बुहारीहरू हामीलाई थाहा छैन र पैसा तिर्दै तिर्दैनौँ भन्छन। म र्ने मानिसकी एउटी छोरी पनि थिइन् जो रुँदै बाहिर आइन् र लासको गोडा समाउने व्यक्तिलाई आफ्नो गरगहना फुकालेर दिँदै भन्छिन् “लिनुहोस् यी गहना। यसलाई बेच्नुहोस् र आफ्नो पैसा असुल गर्नुहोस् तर बिन्ति गर्दछु बाबाको अन्तिम दाहसंस्कार नरोक्नुहोस।

नपुगेको रकम पछि तिर्छु, सक्दो चाँडो व्यवस्था गर्छु। अब लास समाउने मानिस उक्त छोरीलाई सान्त्वना दिँदै भन्छ, “छोरी, म यहाँ कसैलाई चिन्दिन, उहाँको बारेस चिन्नु थियो। मुख्य कुरा त उहाँले मसँग पैसा माग्नुभएको थिएन, बरू मैले उहाँसँग मागेको थिएँ। उहाँ बित्नुभएको थाहा पाएँ र कर्जा फिर्ता गर्दा कसलाई दिने हो भनी बुझ्न यो नाटक गर्नु पर्यो।

अकस्मात् प्राप्त भएको सम्पतिमाथि धेरैले आँखा गाड्छन, मलाई सही हकदार चिन्नु थियो। लौ राख यो १५ लाख रुपियाँ र मलाई दिएका सबै गहना पनि फिर्ता लेऊ। यसमा हक तिम्रो मात्र छ। वास्तवमा छोरीको माया जीवनको साया हो।

छोरीलाई बचाउने, पढाउने र अघि बढाउने संकल्प गरौँ। जसको घरमा छोरी छिन्, त्यो घर पहिलो स्वर्ग हो। यो कथा मन परे शेयर पनि गर्नुहोला।

प्रतिकृया दिनुहोस्