October 27, 2021

Nepal 1st Online News

अब वृद्ध भत्ता पाउने उमेर ६५ वर्ष : सही की गलत ?

सत्तारुढ दल नेपाली कांग्रेसले वृद्ध भत्ता पाउने उमेर ६५ वर्ष कायम हुनुपर्ने बताएका छन् । आज बिहिबार बसेको प्रतितिनिधि सभाको बैठकमा कांग्रेसका सांसद जिपछिरिङ लामा अहिलेको वृद्ध भत्ता ७० वर्ष माथि उमेरलाई घटाएर ६५ वर्ष बनाउनु पर्ने बताएका हुन् ।

पहाडी भेगमा ६५ वर्षको मानिसले औषधि उपचार पाउन नसेको भन्दै सांसद लामाले बैठकमा भने , ‘वृद्धभत्ता पाउने उमेर ६५ वर्ष कायम गर्नुपर्‍यो’ । अहिले ७० वर्ष भन्दा माथिकालाई मासिक ४ हजार वृद्ध भत्ता सरकारले वितरण गर्दै आएको छ ।

Copyright © All rights reserved. | Newsphere by AF themes.