November 27, 2021

Nepal 1st Online News

बुद्ध एयरका पाइलट आङगेलु शेर्पा दोषी, ३ महिना जागीर चट्”

काठमाडौं: गत असोज ११ गते पांग्रा नखुलेर विराटनगरबाट काठमाडौं अवतरण गरिएको बुद्ध एयरको जहाजका पाइलट आङ्गेलु शेर्पालाई ‘दोषी’ देखाइएको छ। बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको अध्ययन समितिले प्रतिवेदन बुझाउँदै उनलाई दोषी ठहर गरेको हो।

पाइलट शेर्पाले त्यो बेलामा चेकलिस्ट नहेरेका कारण विराटनगरमा अवतरण गर्नुपर्ने जहाज काठमाडौं फर्काएर आकस्मिक अवतरण गर्नुपरेको प्रतिवेदनमा उल्लेख छ। छानबिन समितिले पाइलटलाई तीन महिना निलम्बन गर्न सिफारिस गरेको छ। छानबिन समितिको उक्त प्रतिवेदन कार्यान्वयनका लागि

नागरिक उड्डयन प्राधिकरणले आफ्नो सुरक्षा व्यवस्थापन शाखालाई पत्राचार गरिसकेको छ। काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको नाइन–एनएनआईको एटिआर विमान चक्का नखुलेर अवतरणमा आएको थियो। प्राविधिक समस्या देखिएको भन्दै अहिले उक्त जहाज उडिरहेको छ।

ल्याण्डिङ गियर नखुलेपछि संकटमा परेको बुद्ध एयरको विमान सकुशल अवतरण गराउने क्याप्टेन आङगेलु शेर्पाले तत्काल विमान उडाउन नपाउने भएका छन् ।काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको नाइन–एनएनआईको एटिआर विमानको ल्याण्डिङ गियर नखुलेपछि विराटनगरमा अवतरण गर्न नसकी काठमाडौंमा अवतरण गरेको थियो।

७३ जना यात्रु बोकेको सो विमान दुई घण्टा आकाशमा उड्नुपरेको थियो। तर अन्तिममा ल्याण्डिङ गियर खुलेपछि काठमाडौंमा नर्मल अवतरण गरिँदा ठूलो दु,घर्,टना टरेको थियो । बिमानका क्याप्टेन आङगेलु शेर्पाले आफ्नो पनि ज्या’न जोखि,ममा राखेर एक पल पनि बिचलित नभइ ७३ जनाको ज्या’न बचाए उनलाई सम्मान गर्नुको सट्टा उल्टो कारवाही !!

Copyright © All rights reserved. | Newsphere by AF themes.