मोवाइल र फेसवुकले गर्नु गर्यो, १६ वर्षीया किशोरी गायब भएपछि यस्तो रुवाबासी (भिडियो हेर्नुस्)

कार्तिक ११, २०७८ बिहिबार 362

मोवाइल र फेसवुकले गर्नु गर्यो, १६ वर्षीया किशोरी गायब भएपछि यस्तो रुवाबासी (भिडियो हेर्नुस्)

काठमाडौ । अहिले जमाना प्रविधिको छ । सबैको हातमा मोवाइल र ल्यापटप छ । एकै छिनमा विश्वको एउटा कुनामा भएको घटनाबारे तत्काल जानकारी पाइन्छ । तर त्यही प्रविधिलाई गलत तरिकाले प्रयोग गर्दा परिवारलाई नै ठूलो चिन्ता हुन्छ । यहाँ एक जना किशोरी हातमा मोवाइल परेको एक महिनामै सम्पर्क विहिन भइन् । परिवारका सदस्यहरुले अनेक अड्कल लगाएका छन् ।

उनीहरुले मोवाइलवाटै सम्पर्क भएर कुनै युवकसंग उनी गएको हुनसक्ने अनुमान गरेका छन् ।उनीहरुले आफ्नी छोरी जहाँ भएपनि सम्पर्कमा आउन आग्रह गरेका छन् । विवाह गरेर गएको भएपनि उनको प्रेमीसंग नछुटाउने बाचा गरेका छन् । सम्पर्क विहिन भएका कारण आफुहरुलाई निकै चिन्ता लागेका कारण वास्तविकता मात्र जान्न चाहेको भन्दै घटना सार्वजनिक गरेका छन् । उनीहरुले छोरीको मोवाइलमा केटाको फोटो र कुराकानी गरेको फेला पारेको बताएका छन् ।

उनकी दिदीले बहिनी अनिल बुढामगर भन्ने युवकसंग कुराकानी गरेको आफुले देखेको पनि बताएकी छन् । फेसवुकमा अनिल बुढामगर भन्ने आइडीमा बहिनीले कुरा गरेको थाहा पाएको बताएकी छन् । उनले ति युवकसंग आफुले पनि फोनमा कुरा गरेको बताएकी छन् । युवकका साथीहरुले पनि उनीहरु विवाह गरेको बताएका छन् । तर उनीहरु कहाँ बसेका छन् भन्ने जानकारी पाउन नसकेको परिवारका सदस्यको भनाई छ ।

प्रतिकृया दिनुहोस्