बालगायक अशोक दर्जिको घर मध्यरातमा तोडफोड (भिडियो सहित)

कार्तिक ११, २०७८ बिहिबार 115

बालगायक अशोक दर्जिको घर मध्यरातमा तोडफोड (भिडियो सहित)

बाल गायक अशोक दर्जीको घरमा तोडफोड भएको छ । धन बिनाको मन ठूलो कि मन बिनाको धन बोलको गितबाट सर्बाधिक चर्चामा आएका अशोक दर्जी हाल काठमाडौँमा बस्दै आएकाछन । तर उनको आमा बुबा र भाईबहिनीहरु भने झापाको घरमा बस्दै आएका छन ।

उक्त घरमा गएराती एक व्यक्तिले झ्यालमा हानेर तोडेका हुन् ।झापाको बेलडागि भन्ने ठाउमा एकदमै सानो कदका बाह्र बर्षिय अशोक दर्जि पहिलोपटक भेटिएका थिए । उनी सडकमा गाएरै माग्दै हिड्ने गर्थे र उनको आवाजले स्वरले अन्तत उनलाई मिडियासम्म पहिलोपटक तानेको थियो ।

अहिले अशोक दर्जिलाई टङ्क बुढाथोकीले राख्दै पढाउदै आएका छन् । सुरुवाति दिन देखिनै अशोक टङ्कसंग नै छन् । धन बिनाको मन ठूलो कि मन बिनाको धन भन्ने बोलको गितबाट अशोक दर्जि सर्वाधिक उदाएका थिए । गरिब परिवारबाट आएका अशोक दर्जिले अब कहिले पनि पछाडि फर्केर हेर्नुपर्दैन् । उनी प्रेरणाका एक धरोहर पनि हुन् ।

प्रतिकृया दिनुहोस्