धनगढीका दुई मिल्ने साथीको भारतको चेन्नईमा मृ,त्यु

कार्तिक १०, २०७८ बुधबार 61

धनगढीका दुई मिल्ने साथीको भारतको चेन्नईमा मृ,त्यु

त्रिनगर माध्यामिक विद्यालयका २०५३ व्याच (एसएलसी) का दुई मिल्ने साथी बिजया बिष्ट र रीता श्रीसको भारतको चेन्नईमा मृत्यु भएको छ । संयोग पनि कस्तो दुबै जनाको एउटै मिति अर्थात ६ गते मृ,त्यु भयो । कोरोना संक्रमणपछि उपचाररत रीताको असार ६ गते चेन्नईको कोईम्दुर अस्पतालमा मृ,त्यु भयो । उनको मृत्यु अघि जेठ १९ गते ससुरा र जेठ ६

त्रिनगर माध्यामिक विद्यालयका २०५३ व्याच (एसएलसी) का दुई मिल्ने साथी बिजया बिष्ट र रीता श्रीसको भारतको चेन्नईमा मृत्यु भएको छ ।संयोग पनि कस्तो दुबै जनाको एउटै मिति अर्थात ६ गते मृत्यु भयो । कोरोना संक्रमणपछि उपचाररत रीताको असार ६ गते चेन्नईको कोईम्दुर अस्पतालमा मृत्यु भयो । उनको मृत्यु अघि जेठ १९ गते ससुरा र जेठ ६ गते कोरोना संक्रमणबाट उनका पतिको मृ,त्यु भयो ।

कोरोना संक्रमणबाट रीताका नाबालक छोरा मात्र जोगिए ।उनकी मिल्ने साथी बिजया बिष्टको भने मुटुको अप्रेशनका क्रममा कार्तिक ६ गते मृत्यु भयो । ६ महिना अघि मृत्यु भएकी रिताको झै बिजयाको पनि चेन्नईमै अन्त्येष्टि भयो । धनगढी उपमहानगरपालिका–५ तारानगरकी बिजया बिष्टको धनगढी –१ बुद्ध मन्दिर लाईनका आकाश पाण्डेयसंग बिहा भयो । र उनी सपरिवार काठमाण्डौं बस्न थालिन ।

१३ वर्षअघि छोरीलाई जन्म दिएकी बिजयाको अप्रेशनका क्रममा मुटुको समस्या देखियो । र त्यही समस्याको समाधानका लागि उनलाई १३ वर्षपछि चेन्नई लगिएको थियो । यद्दपि अप्रेशन हुन नपाउदै उनको मृत्यु भयो ।

यसअघि चेन्नईमै मृत्यु भएकी धनगढीकी रीता श्रीस बिबाहपछि पतिसंगै भारतको पुना बस्दै आएकी थिईन । उनी ससुरालाई भेट्न पति र छोरासंगै चेन्नई गएकी थिईन । त्यही बेला तातो दुधले पोलिएको हातको डे«सिङका लागि अस्पताल जादै गर्दा उनका पति कोरोनाबाट संक्रमित भए ।

र कोरोनाको उपचारका क्रममा जेठ ६ गते उनका पतिको मृत्यु भयो । त्यही क्रममा कोरोनाबाट संक्रमित भएका उनका ससुराको १३ दिनपछि मृत्यु भयो । श्रीमानको मृत्यु भएको ३० दिनमा रिताको पनि मृत्यु भयो। कोरोनाका कारण बुवा,आमा र हजुरबुवा गुमाएका रीताका छोरा यतिबेला धनगढीमा मावली हजुर बुवाको घरमा हुर्किईरहेका छन् ।

उता बिजयाकी १३ वर्षीया छोरी आफ्ना बुवाका साथमा छिन् । धनगढीमा जन्मिएर यही हुर्किएका दुई मिल्ने सहपाठी बिजया र रीता बिहापछि फरक फरक ठाउँमा बस्दै आएपनि संयोगले दुबै जनाको मृत्यु भने एउटै ठाउँमा हुन पुग्यो । त्यो पनि एउटै मितिमा ।

प्रतिकृया दिनुहोस्