November 27, 2021

Nepal 1st Online News

दु:खद खबर कैलालीमा छोराको नागरिकता बनाउन पालो पर्खेर लाइनमा बसेकी महिलाको मृ,त्यु

कैलालीमा छोराको नागरिकता बनाउन पालो कुरेर लाइनमा बसेकी महिलाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका १२ कि सिता देवी चौधरीको मङ्गलवार छोराको नागरिकता बनाउन इलाका प्रशासन कार्यालय सुखडमा पालो कुरेर लाइनमै बसेका बेला बेहोस भई ढल्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

छोराको नागरिकता बनाउने क्रममा लाइनमा पालो कुरेर बसी रहेकी चौधरी एक्कासि बेहोस भएर ढल्दा मृत्यु भएको छ ,इ प्र का सुखडका प्रहरी नायव उपरीक्षक सागर बोहराले भने , ”उनी विगत दुई वर्ष देखि सिकलसेल रोगको बिरामी थिइन , घोडाघोडी अस्पतालमा दुई वर्ष देखि उनको उपचार भइरहेको जानकारीमा आएको छ।”** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

दीर्घ रोगका कारण उनको मृत्यु भएको पुष्टि पछि चौधरीको शव परिवार लाई बुझाइएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।सुखड स्थित इलाका प्रशासन कार्यालयमा सधैँ जसो सेवाग्राहीको भिड लाग्ने गर्दछ । नागरिकता तथा राहदानी बनाउनेको सधैँ जसो

भिड हुने इलाका प्रशासन कार्यालय सुखडमा सेवाग्राहीले घण्टौँ सम्म लाइन मैँ बस्नुपर्ने बाध्यता झेल्दै आएका छन् । इप्रका सुखडले घोडाघोडी नगरपालिका , गौरीगंगा नगरपालिका , मोहन्याल गाउँपालिका र बर्दगोरीया गाउँपालिका गरी ४ ओटा पालीकाका नागरिकलाई सेवा दिँदै आएको छ ।

Copyright © All rights reserved. | Newsphere by AF themes.