समिक्षाले मुख खोलेपछि पललाई पनि मुख खोल्न कर लाग्यो, खुलाए नालीबेली !

कार्तिक १०, २०७८ बुधबार 17

समिक्षाले मुख खोलेपछि पललाई पनि मुख खोल्न कर लाग्यो, खुलाए नालीबेली !

काठमाडौं। नायक पल शाह र गायिका समीक्षा अधिकारी केही समययता चर्चामा छन्। उनीहरूबीचको अन्तरंग सम्बन्धबारे फिल्मनगरीमा चर्चा चल्न थालेपछि यी दुई केही समयदेखि मिडियासँग समेत साक्षात्कार गर्न डराइरहेका थिए।समीक्षा र पलको ‘प्रेम प्रकरण’ बारे चियोचर्चो सुरू भए पनि यो चियागफमै सीमित थियो। यसबारे पूर्ण जानकार कोही थिएनन्. तर यकिनका साथ भन्ने पनि कोही थिएनन् ।

यो विषयमा बोल्न उनीहरू तर्किए पनि अन्ततः बोलेका छन्। एक सातायता चर्चामा रहेका यी दुईको सम्बन्धको विषयमा गसिप र समाचार आउन थालेपछि समीक्षा र पलले सामाजिक सञ्जालमार्फत आफ्नो सम्बन्धलाई प्रस्ट्याएका छन्।सामाजिक सञ्जाल फेसबुकमार्फत् पलले समिक्षासँग नाम जोडेर बनाइएका गसिपले आफूलाई मात्रै नभएर आफ्ना दर्शकलाई पनि दुःखी बनाएको बताएका छन् ।

उनी लेख्छन्, ‘देश विदेशमा रहनुभएका सम्पूर्ण मेरा दर्शकश्रोताज्यूहरूमा हार्दिक सम्मान अनि धेरै माया । विगत केही दिनदेखि मेरो र गायिका समिक्षा अधिकारीको विषयमा आइरहेका समाचारबाट म लगायत मेरो परिवार अनि मलाई माया गर्नुहुने सिंगाे दर्शकलाई नै दुःखी बनेको महसुस हामीले गरेका छौं । जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही व्यक्ति समूह कही न कही कुनै न कुनै प्रकारले नजिक हुने गर्छ । यो हामी सबैलाई थाहा भएकै कुरा हो ।

मेरो पेशा र विधाका कारण म धेरै मान्छेहरूसँग सहकार्य गर्नुपर्ने हुन्छ र मसँग जोडिनु हुने मेरा अग्रज, अनुज र सहकर्मीहरूमाझ मैले सदैव आफूलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छु ।’पलले अगाडि लेखेका छन्, ‘अरू कलाकारहरूसँग जस्तै र अरूले जस्तै सांगीतिक सहकार्य गायिका समिक्षा अधिकारीसँग पनि भएको कुरा यहाँहरूलाई विदितै छ ।

हुँदै नभएका, गर्दै नगरिएका, बिना आधारका कुराहरूलाई गसिप बनाएर एउटा कलाकार र उसको व्यक्त्तिगत जीवनमाथि आँच आउने किसिमले लेखिएका झुटा समाचारहरूले मलाई अत्यन्तै दुःखी बनाएको छ। यसरी कसैको व्यक्तिगत प्रतिष्ठा र चरित्र ह-त्या हुनेगरी बदनाम गर्नेगरी समाचार नबनाई दिनुहुन सम्पूर्ण मिडियाकर्मीज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु ।’

प्रतिकृया दिनुहोस्