November 27, 2021

Nepal 1st Online News

आजदेखि खुल्यो लाइसेन्सको नयाँ आवेदन, कसरी दिने ?

यातायात व्यवस्था विभागले आजदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको छ । वैशाख १५ गतेदेखि गरिएको निषेधाज्ञाका कारण रोकिएको नयाँ आवेदन ६ महिनापछि आजदेखि खुलेको हो । विभागले लाइसेन्सको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरेको छ ।

यसका लागि विभागको वेबसाइटमा गएर फाराम भर्नुपर्छ । यसअघि पुराना ७ लाख आवेदकको ट्रायल सकेपछि मात्रै नयाँ लाइसेन्स आवेदन खुलाउने विभागले बताएको थियो । तर, चौतर्फी दबाब बढेपछि पुरानो ट्रायल नसकि नयाँ आवेदन खुलाएको हो ।

Copyright © All rights reserved. | Newsphere by AF themes.