पाँचथरमा ठूलो दु,र्घटना, मृ,त्यु हुनेको संख्या ४ पुग्यो

कार्तिक ८, २०७८ सोमबार 21

पाँचथरमा ठूलो दु,र्घटना, मृ,त्यु हुनेको संख्या ४ पुग्यो

काठमाडौ । पाँचथरमा भएको बस दुर्घटनामा मृ,त्यु हुनेको संख्या ४ पुगेको छ । पाँचथरको फिदिम नगरपालिका–४ शिवादोभानबाट झापाका लागि छुटेको बस दुर्घटनामा परेको हो ।फिदिम–४ स्थित मध्य पहाडी लोकमार्गको सगरखण्डेमा सोमबार बिहान ११ बजे भएको उक्त दुर्घटनामा अहिलेसम्म चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले बताए ।

को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ शान्तिपुरमा सडकबाट झरेर दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमध्ये ३ जनाको सनाखत भएको छ । ज्यान गुमाउनेमा प्रमिला देवान, निश्चल देवान, प्रज्जवल मगर रहेका छन् । मृतक एक जनाको नाम खुल्न बाँकि रहेको छ ।विश्वकर्माका अनुसार दुर्घटनामा अरू लगभग ६० जना घाइते बनेका छन् । गम्भिर घाईतेहरूलाई सुबिधा सम्पन्न अस्पताल लैजानको विराटनगरबाट हेलिकप्टर आउदै गरेको बताईएको छ ।

केहि घाईतेहरूको पाँचथर अस्पताल,पाथिभरा अस्पताल र सर्मपित अस्पतालमा उपचार भईरहेको छ ।
अर्को सवारीको साधनलाई उछिन्ने क्रममा सडकको डिलबाट बस अगाडि बढ्दा सडकबाट करिब २० मिटर तल झरेको हो । दुर्घटनामा बसमा सवार सबै यात्रुहरू घाइते भएका थिए । ४४ सिट क्षमताको उक्त बसमा ६५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये १५ भन्दा धेरैको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

सिकिस्त घाइतेलाई झापा र विराटनगरका अस्पतालमा रिफर गरिएको पाँचथर अस्पतालका प्रमुख डाक्टर बुद्धिबहादुर थापाले बताए । दसैँमा घर तथा आफन्तकहाँ पुगी फर्कँदै गरेको जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका सर्वसाधारण दुर्घटनामा परेका हुन् ।कुम्मायकको यासोक बजारलाई फिदिमसम्म जोड्ने निवुखोलास्थित पुलको भाग भत्केपछि यात्रुहरू ट्याक्सीबाट खोलासम्म आएर बस चढेका थिए । दुई किलोमिटर दूरी पार नहुँदा बस दुर्घटनामा परेको हो ।

प्रतिकृया दिनुहोस्