झाडीबाट राती आवाज आउँदा कसैले वास्ता गरेनन्, बिहानपख हेर्दा ठूलो पछुतो …….

कार्तिक ७, २०७८ आइतबार 15

झाडीबाट राती आवाज आउँदा कसैले वास्ता गरेनन्, बिहानपख हेर्दा ठूलो पछुतो …….

प्रहरी चौकीको छेउबाट रातीदेखि आवाज आइरहेको थियो । तर, त्यो आवाजलाई कसैले वास्तै गरेनन् । रातीमा त्यहाँ मानिसहरु पनि कम भएकोले पनि त्यतातिर कसैको ध्यान गएर । बिहीबार बिहान मानिसहरुको आवतजावत बढ्यो । बिहान पनि झाडीबाट आवाज आयो । त्यसपछि प्रहरी र आसपासका मानिसहरु गएर त्यहाँ हेर्दा भर्खर जन्मेकी नवजात बालिका भेटिएकी छिन् । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

ती बालिकालाई राती नै कसैले जन्माएर त्यहाँ फ्याँकेको थियो ।बालिका रोइरहेकी थिइन् । उनको शरीरभरी कमिलाले टोकेका थिए । बालिका रोएको आवाज सुनेर आसपासका मानिसहरु त्यहाँ गएका थिए । बालिकाको अनुहार, पिठ्यूँ र हातमा कमिलाले टोकेर रातै बनाइसकेका थिए ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

त्यहाँ जम्मा भएकाहरुले तत्कालै बालिकालाई झाडीबाट निकालेर उनको शरीरमा भएका कमिला हटाए । भारतको झारखण्ड राज्यको राँचीमा भेटिएकी ती बालिकालाई तत्काल अस्पताल लगियो ।बालिकालाई झारखण्ड राज्य बाल संरक्षण आयोगकी अध्यक्ष आरती कुजुरको सहयोगमा विनायका अस्पताल लगिएकोमा त्यहाँबाट रिफर गरेपछि रिम्स अस्पताल लगिएयो ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

त्यहाँबाट पनि रिफर भएपछि उनलाई रानी भिल्ड्रन बाल अस्पतालमा लगियो । बालिकाको स्थिति गम्भीर छ । बालिकालाई कसले फालेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्