कठै, तिहारको मुखैमा आएर अस्ताए २७ बर्षिय निश्चल

कार्तिक ७, २०७८ आइतबार 49

कठै, तिहारको मुखैमा आएर अस्ताए २७ बर्षिय निश्चल

पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–९ लक्ष्मीपुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । शनिबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र१–०१–००१ख ३५२० नंको ट्रक र विपरीत दिशातर्फ गइरहेको मे५प ८४७२ नंको मोटरसाइकल आपसमा ठ’क्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–३ का २७ वर्षीय निश्चल खनाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रकको ठ’क्करबाट मोटरसाइकल चालक खनाल गम्भीर घाइते भएपछि तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पु¥याइए पनि उनको उपचारकै क्रममा निधन भएको प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

त्यस्तै सर्लाहीमा शनिबार बेग्लाबेग्लै दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । क’रेन्ट लागेर दुई जनाको र एक बालकलाई मोटरसाइकलले ठ’क्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ईश्वरपुर नगरपालिका–१५ सुकनाहामा ट्य्बेलमा पानी चलाउने क्रममा अचानक क’रेन्ट लाग्दा ब्रहम्पुरी गाउँपालिका–७ मोहनगङ्जका २८ वर्षीया पपितादेवी साहको मृत्यु भएको ब्रहम्पुरी कार्यपालिका सदस्य ललन साहले जानकारी दिनुभयो ।

यसैगरी क’रेन्ट लागेर नै ब्रहम्पुरी –२ का ४० वर्षीय सुरेन्द्र साहको मृत्यु भएको सो कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकरी दिनुभयो । विद्युतीय पोलमा वाइफाईको तार जो’ड्न जाँदा साहलाई शनिबार साँझ क’रेन्ट लागेको थियो ।
यसैबीच बागमती नगरपालिका–५ मा मोटरसाइकलले साइकललाई ठ’क्कर दिँदा बागमती –८ का १४ वर्षीय बालक प्रकाशबहादुर थिङको शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्