आज र भोलि देशभर बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

कार्तिक ७, २०७८ आइतबार 13

आज र भोलि देशभर बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालेको छ । छ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ खुवाउन थालिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत छ महिनादेखि ५९ महिना उमेरसमूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन थालिएको छ । सधैँ कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाउन थालिएको मन्त्रालयले जनाएको छ

प्रतिकृया दिनुहोस्