एमाले बाट वडाध्यक्षमा निर्वाचित भएका अधिकारीको नि,धन

कार्तिक ७, २०७८ आइतबार 50

एमाले बाट वडाध्यक्षमा निर्वाचित भएका अधिकारीको नि,धन

नुवाकोटको तारकेश्वर गाउँपालिका–४ का वडाध्यक्ष राममणि अधिकारीको निधन भएको छ । सङ्क्रमित भएर काठमाडौँस्थित मनमोहन अस्पतालमा उपचार गराउँदै आउनुभएका ७७ वर्षीय अधिकारीको आज बिहान निधन भएको गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीले जानकारी दिनुभयो ।

गत असार दोस्रो साता सङ्क्रमणपश्चात अवस्था गम्भीर भएसँगै उहाँलाई अस्पताल भर्ना गरिएको थियो । संक्रमणमुक्त भए पनि फोक्सो र कलेजोमा समस्या देखिएर अस्पतलामा उपचारत हुनुहुन्थ्योे ।

नेकपा (एमाले)बाट वडाध्यक्षमा निर्वाचित हुनुभएका उहाँ यसअघि सोही पार्टीबाट हाल वडा नं ४ रहेको साविक बुधसिंह गाविसबाट दुईपटक गाविस अध्यक्षमा निर्वाचित हुनुभएको थियो । एमालेमा आबद्ध रहेर लामो समयसम्म पार्टीको जिम्मेवारी पूरा गर्नुभएका वडाध्यक्ष अधिकारीको निधनले स्तब्ध बनाएको पार्टीका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्