November 27, 2021

Nepal 1st Online News

आजबाट १०बजे देखि ५ बजेसम्म ८ दिन बिधुत सेवा अवरुद्ध हुने’

आइतबार ७ गतेदेखि १४ गतेसम्म १० देखि ५ बजेसम्म ८ दिन सम्म बिधुत सेवा अवरुद्ध हुने’ भएको छ !! धनगढीमा आइतबारदेखि विद्युत सेवा अवरुद्ध हुने भएको छ। आजबाट उपमहानगर पालिकाका विभिन्न स्थानमा प्रशारण तथा वितरण लाइनको बुस कटिङ र एमसीसीबी जडान गरिने हुँदा विद्युत सेवा अवरुद्ध हुने धनगढी वितरण केन्द्रले बताएको छ।***थप भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***,

७ गतेदेखि १४ गतेसम्म ८ दिन विद्युत अवरुद्ध हुने धनगढी वितरण केन्द्रका प्रमुख सुर्यनारायण मण्डलले बताए। उनका अनुसार बिहान १० देखि बेलुकी ५ बजेसम्म विद्युत अवरुद्ध हुनेछ। प्राधिकरणले जारी गरेको सूचनामा स्थान भने खुलाइएको छैन। धनगढी वितरण केन्द्रअन्तर्गत धनगढीसहित कैलारी गाउँपालिका, गोदावरी, गौरीगंगा, चुरे लगायतको क्षेत्र पर्छ।

विद्युत प्राधिकरणले समयसमयमा फेडर डउन गरेर बुस कटिङ अर्थात प्रशारण लाइनमा रहेको झाडी हटाउदै आएको छ। तेस्तै :: अछाममा विद्युत र टेलिफोन सेवा सुचारु भएको छ। तीन दिनको वर्षापछि बन्द भएको सेवा शनिबारबाट सुचारु भएको हो। बर्सातपछिको बाढीपहिरोका कारण विद्युतको राष्ट्रिय प्रशारण लाइन बन्द भएको थियो। विद्युत र टेलिफोन सेवा सुचारु भएसँगै जनजीवन सहज भएको छ। जिल्लामा विद्युत र टेलिफोन नभएका कारण एफएम रेडियोहरु र पत्रपत्रिकहरुको प्रकाशन समेत बन्द भएको थियो।***थप भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***,

Copyright © All rights reserved. | Newsphere by AF themes.