फेरि बज्यो खतरा’को घ’ण्टी ! तीनवटा प्रदेशमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

कार्तिक ५, २०७८ शुक्रबार 44

फेरि बज्यो खतरा’को घ’ण्टी ! तीनवटा प्रदेशमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने भएको छ । बिहानै बाट पानी परि रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार प्रदेश १ र वाग्मती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली हुने भएको छ ।

बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ ।प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागले वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्क हुन आग्रह गरेको छ । यसै बीच, आज काठमाडौंमा दिनभर मौसम बदली हुने छ । यद्यपि पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्