सुन्दर सपना बो,कि मलेसिया गएका रामहरि ३ पटक म,रेर बाचे

कार्तिक ५, २०७८ शुक्रबार 37

सुन्दर सपना बो,कि मलेसिया गएका रामहरि ३ पटक म,रेर बाचे

यो भन्दा पहिले पनि उनले आत्महत्या गर्ने प्रयास गरेका थिए, कसो कसो बाँचे । यसपटक पनि लगभग झु,ण्डिसकेका थिए, साथीहरुले डोरी काटेर बँचाए । उपचारकोलागि अस्पताल लगियो, त्यहाँपनि आफ्नो घाँटी थिचेर मर्ने प्रयास गरे, अस्पताल कर्मचारीले जोगाए ! अहिले उनी उपचारत छन् । अब बाँचेर नेपालमै केही गर्ने बताएकाछन् ।यो २२ बर्षीय रामहरी थापा (नाम परिवर्तित)को सत्यकथा हो, जो वैदेशिक रोजगारीकालागि ३ बर्षअघि मलेसिया पुगेका थिए ।

बारम्बार आत्महत्या गर्न खोजेका उनलाई जनउद्धार केन्द्रको पहलमा अन्तिम प्रयासपछि पेनाङको अस्पतालमा भर्ना गरिएको थियो । उनी कार्यरत कम्पनीसँग सेवा, सहयोग र टिकटकोलागि जनउद्धार केन्द्रले पहल गर्यो । स्वदेश पठाउन नेपाल एम्बेसीले सहजीकरण गर्यो । जनउद्धार केन्द्रको तर्फबाट हामीले उनलाई मातृभुमीमा हिजो राती ११.०० बजे स्वागत गर्यौँ । सामान्य काउन्सिलिङपछि आजै रामहरीलाई उनका अभिभावकको जिम्मा लगाईयो ।

नेपाल एम्बेसी मलेसिया, जनउद्धार केन्द्र पेनाङ, समाजसेवी केशु थापा सहितलाई रामहरीका अभिभावकले धेरैधेरै धन्यवाद दिनुभएको छ । हाम्रो तर्फबाटपनि साधुबाद छ ।अन्त्यमा, रामहरी (नाम परिवर्तित) एउटा प्रतिनिधिपात्र मात्र हुन् । यस्ता हजारौं युवाहरु परदेशमा मानसिक पीडाबाट गुज्रिरहेकाछन् । लामो बिदेश बसाई, बेरोजगारी, एक्लोपना, असुरक्षा, तलब नपाउनु, कुलत, कुसंगतजस्ता कारण होनहार युवाहरु मानसिक समस्याको सिकार भईरहेकाछन् । यी बाहिर देखिने कारणमात्र हुन् ।

यस्ता समस्याको मुल कारण हाम्रो देशको गरिबी, जनताको बेरोजगारी र नेतृत्वको अदुर्दर्शिता नै हो । एकले अर्कोलाई दोष लगाएर हामी कोही पन्छिने अवस्था छैन । जबसम्म साना उद्योग, उत्पादनशिल क्षेत्रमा लगानी र सहज रोजगारीमा ‘राष्ट्रीय सहमती’ कार्यान्वयन हुँदैन, तबसम्म यस्ता घटना दोहोरिरहनेछन् । सम्बन्धित हामी सबैमा चेतना भया साभार मनोज गजुरेलको पेज बाट।

प्रतिकृया दिनुहोस्