चिसो बडे संगै फेरि पनि देशका यी स्थानमा बर्षासहित चट्याङको सम्भावना

कार्तिक ५, २०७८ शुक्रबार 15

चिसो बडे संगै फेरि पनि देशका यी स्थानमा बर्षासहित चट्याङको सम्भावना

काठमाडौँ- नेपालमा असर गर्ने उलेखनीय मौसमी प्रणाली नबनेकाले तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र वाग्मती प्रदेशका एकदुई स्थानहरुमा हल्का वर्षा भइरहे पनि अन्यत्रको मौसम सामान्य रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश- १, २, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ । प्रदेश १, वाग्मती र गण्डकीका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

आज राति प्रदेश १, वाग्मती, गण्डकीसहितका सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।महाशाखाले मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले कृषिजन्य कार्य गर्दा आवश्यक सावधानी अपनाउन पनि अनुरोध छ ।​​त्यस्तै काठमाडौं उपत्यकामा बिहीबारको तुलनामा शुक्रबार १ डिग्री सेल्सियस तापक्रम घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार काठमाडौंको न्यूनतम तापक्रम १६.५ डिग्री थियो भने शुक्रबार १५.४ छ।

तापक्रम घटेको र बादल पनि लागेकाले उपत्यकामा चिसो महशुस भएको महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताएका छ।यस्तो छ तीन दिनको मौसम पूर्वानुमान२०७८ कात्तिक ५ गते (शुक्रबार)दिउँसो: प्रदेश न १, प्रदेश न २, वागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहने छ ।प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०७८ कात्तिक ६ गते (शनिबार)दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।राती: देशभर आंशिकदेखि सामान्य बदली रहने छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०७८ कात्तिक ७ गते (आइतबार)दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिकृया दिनुहोस्