November 27, 2021

Nepal 1st Online News

लालबहादुरले सोचेका पनि थिएनन् त्यो नै अन्तिम बिदाइ बन्नेछ !

काठमाडाैं – लालबहादुर राना दुबई गएको १५ दिन भएको थियो। एउटा कम्पनीमा जागिरको लागि अन्तर्वार्ता दिएका थिए तर काम सुरु भएको थिएन। फुर्सदमा दैनिक जसो परिवारसँग भिडियो कल हुन्थ्योगत असोज २५ गते सोमवार पनि उनले श्रीमती अमृतालाई फोन गरेका थिए।

उनी बर्दियास्थित घरदेखि मुगुस्थित माइती जाने तयारीको चटारोमा थिइन्। त्यसैले पाँच वर्षीय छोरा आयुषलाई फोन थमाउँदै भनेकी थिइन्, “बाबासँग कुरा गर।”“छोरा पनि मामाघर जाने कुराले दङ्ग थियो। मैले दुबईबाटै प्लेन टिकट काटिदिन्छु भनेको थिएँ। तर फूलपातीसम्मको टिकट पाइएन,” राना बोल्दाबोल्दै रोकिए।अनि थपे,”आमाबुवा भएको ठाउँमा पुग्न हतार थियो होला।

त्यसैले बसमै जान्छु, पुगेर खबर गर्छ भनेकी थिइन्।”उनी छोराले पनि बाबा चाँडै आउनु टाटा भन्दै हात हल्लाएको सम्झन्छन्। तर उनले सोचेका पनि थिएनन् त्यो नै अन्तिम बिदाइ बन्नेछ।भोलिपल्ट ढिलासम्म श्रीमतीले फोन नगरेपछि फेसबुक चहार्दै थिए। अचानक मुगु छायाँनाथ रारा नगरपालिकाको भीरबाट बस खसेको खबर देखे।

झस्किए।रानाले भने, “मेरी श्रीमती, छोरा र सालो पनि त्यसैमा होलान् भन्ने कल्पना समेत गरेको थिइनँ।”पाँच वर्षीय छोरा, २६ वर्षीय श्रीमती र १८ वर्षीय सालो महेन्द्र शाही त्यसैमा सवार थिए। उनीहरूको घटनास्थलमै मृत्यु भयो। खबर फैलन समय लागेन।“श्रीमतीले चाहेको खान लाउन पाओस्, छोराको भविष्य बनोस् भनेर बिदेसिएको थिएँ। उनीहरू नै रहेनन्।

मैले केही नसोची नेपाल फर्कने टिकट काटेँ,” रानाले सुनाए।हाल उनी किरिया बसेका छन्। श्रीमती र छोरा सम्झेर छिनछिनमा भक्कानो फुट्ने सुनाउँछन्।उनी भन्छन्,”उनीहरू त गए। उपचार गराइरहेकाहरू बाँचून् भनेर कामना गरिरहेको छु।”दशैँको फूलपातीका दिन छायाँनाथ रारा नगरपालिकाको कच्ची सडकबाट यात्रुवाहक बस करिब ३०० मिटर तल खस्यो।बसमा सवार २८ जनाको घटनास्थलमै मृत्यु भयो।

चार जनाको सोही दिन अस्पतालमा र एक जनाको कार्तिक २ गते उपचारका क्रममा मृत्यु भयो।बसमा सवार २८ जनाको घटनास्थलमै मृत्यु भयो। चार जनाको सोही दिन अस्पतालमा र एक जनाको कार्तिक २ गते उपचारका क्रममा मृत्यु भयो।जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईका अनुसार दुर्घटना भएको गाडी क्षतिग्रस्त छ। बसको दाहिनेपट्टि अगाडिको टायर पन्चर भएको देखिएको उनले बताए।

“टायर पन्चर भएकै कारण दुर्घटना भएको जस्तो देखिन्छ। साधन पूर्ण रूपले क्षति भएका कारण अन्य समस्या पहिल्याउन गाह्रो भयो,” भट्टराईले भने।नेपालगन्जदेखि मुगु पुग्न दुई दिन यात्रा गर्नुपर्छ। नाग्मादेखि मुगुतर्फ ९४ किलोमिटर बाटो वर्षा र बाढीका कारण जीर्ण बनेको र उक्त सडक खण्डमा यात्रा जोखिमपूर्ण भएको भट्टराईले जानकारी दिए।उनले भने,”यस क्षेत्रमा हुने दुर्घटनाको कारण सडक नै हो।

नयाँ सवारीसाधन समेत बिग्रन्छ। गाडीमा यान्त्रिक समस्या देखिए पनि मर्मत गर्ने ठाउँ छैन।”मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर मल्लले दुर्घटनाका कारण छायाँनाथ रारा नगरपालिकाको अधिकांश गाउँमा दशैँ तनावपूर्ण भएको बताए। मल्ल भन्छन्, “प्राय: ३० वर्ष मुनिका विद्यार्थी थिए। कतिपय आमाबुवा आफ्नो सन्तान चढेर आएको गाडी देखेर दङ्ग परेका थिए। गाउँ आइपुगियो भन्दाभन्दै गाडी खस्यो।”

“दशैँ मनाउन गाउँ फर्किएकाहरूले ज्यान गुमाए, घाइते भए। पर्वको बेलामा नगरपालिका नै बिस्मातमा परेको छ।”नौ जना घाइतेहरूको नेपालगन्ज मेडिकल कलेज पुर्‍याइएको थियो भने चार जनालाई नर्सिङ होम नेपालगन्जमा लगिएको थियो।नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको समन्वयनका कारण घाइतेहरूको तत्काल उद्धार सम्भव भएको मल्ल बताउँछन्।

Copyright © All rights reserved. | Newsphere by AF themes.