November 27, 2021

Nepal 1st Online News

दाङमा ३० जना दलित समुदायका ब्यक्तिहरुले थर परिवर्तन गरेर नागरिकता लिए

दाङ । दाङमा ३० जना दलित समुदायका ब्यक्तिहरुले आफ्नो थर परिवर्तन गरेर नागरिकता लिएका छन । दलित आयोगले देशभरका स्थानिय तह र जिल्ला प्रशासन कार्यालयलाई गृहमन्त्रालयबाट थर परिवर्तन गरेर दलित समुदायका ब्यक्तिहरुलाई नागरिकता दिन निर्देशन दिएको थियो ।

सोही निर्देशन अनुसार दाङको घोराही, तुलसीपुरसहित दश वटा स्थानिय तहको सिफारीसमा जिल्ला प्रशासन कार्यालय दाङबाट अहिले एक महिनाको अबधिमा ३० जनाले नागरिकता लिएका छन । दाङमा प्रमुख जिल्ला अधिकारीकोरुपमा रामबहादुर कुरुम्बाङ आएपछि उनको कार्यकालमा धेरै थर संसोधन गरेर नागरिकता लिनेक्रम बढेको छ । दलित समुदायका ब्यक्तिहरुले धमाधम थर परिवर्तन गरेर नागरिकतामा बस्याल, गौतम, अधिकारी लेखाएका छन ।

Copyright © All rights reserved. | Newsphere by AF themes.