बाढीपहिरोले पुर्‍याएको क्षतिबारे स्थगलगत जानकारी लिन बझाङ पुगे प्रधानमन्त्री देउवा

कार्तिक ४, २०७८ बिहिबार 110

बाढीपहिरोले पुर्‍याएको क्षतिबारे स्थगलगत जानकारी लिन बझाङ पुगे प्रधानमन्त्री देउवा

काठमाडौं : अविरल वर्षासँगै आएको बाढी–पहिरोले पुर्‍याएको क्षतिबारे स्थगलगत जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार बझाङ पुगेका छन् । गृहप्रदेश सुदूरपश्चिमका विभिन्न जिल्लाहरूको स्थलगत जानकारी लिने उद्देश्यले प्रधानमन्त्री देउवा आज बिहान सुदूरपश्चिमतिर लागेका हुन् ।

नेपाली सेनाको हेलिकोप्टरबाट सुदूरपश्चिम गएका उनी यति बेला बझाङको चैनपुर पुगेर जानकारी लिइरहेको उनको सचिवालयले जानकारी दिएको छ । यस अघि दीपालयमा उनले जनप्रतिनिधि र स्थानीयसँग बाढी, पहिरो र डुबानबाट भएको क्षतिको बारेमा जानकारी लिएका छन्।

सरोकारवालासँग जानकारी लिएपछि देउवाले आज सुदूरपश्चिममा बाढी, पहिरो र डुबान क्षेत्रको स्थलगत अवलोकन गर्नेछन्।आइतवारबाट परेको वर्षाका कारण सुदूरपश्चिममा ३० जनाको मृत्यु भइसकेको छ। भने २४ जना अझै बेपा छन्। यस्तै १६ जना घाइते भएको तथ्यांक छ।

प्रतिकृया दिनुहोस्