फेसबूक लाइभ गरिरहेका पत्रकारको फोन चोरी, एकै पटक २० हजार जनाले हेरे चोरीको लाइभ (भिडियो हेर्नुस्)

कार्तिक ४, २०७८ बिहिबार 55

फेसबूक लाइभ गरिरहेका पत्रकारको फोन चोरी, एकै पटक २० हजार जनाले हेरे चोरीको लाइभ (भिडियो हेर्नुस्)

एजेन्सी । इजिप्टमा ठूलो भूकम्प आएको थियो । एकजना पत्रकारले फेसबूक लाइभ गरिरहेका थिए । उनले मोवाइलवाट भिडियो खिच्दै फेसवुक लाइभ गरिहरेका बेलामा उनको फोन चोरी भयो । एक जना मोटरसाइकलमा आएका ब्यक्तिले उनको मोवाइल खोसेर भागे ।

तर ति ब्यक्तिलाई त्यो मोवाइलमा न्युज लाइभ भइरहेको छ भन्ने थाहा पाएनन् । ति चोरलाई एकै पटक २० हजार जनाले हेरिहरेका थिए ।मोवाइलमा उनको अनुहार पनि रेकर्ड भयो । त्यसैको आधारमा फोन खोसेर भाग्ने व्यक्तिलाई प्रहरीले प,क्राउ गरेको छ । चोरले आफ्नो अनुहार पनि लाइभमा ल्याएपछि मानिसहरूले उनलाई सजिलै चिनेका थिए ।

राजधानी कायरोमा मंगलवार पत्रकारले पुलमा लाइभ गरिरहेको बेलामा मोटरसाइकलमा आएका चोरले मोबाइल खोसेर भागेका थिए । द सेभेन्थ डे पत्रिकाका पत्रकार महमुद राघेबले हालै आएको भूकम्पका विषयमा लाइभ रिपोर्टिङ गरिरहेका थिए ।

फूटेजमा देखिएअनुसार, बाइकमा आएका चोरले पत्रकारबाट फोन खोस्छन् अनि आफ्नो दुई गोडाको बीचमा राखेर भाग्छन् । तर लाइभ चलिरहेको र त्यसलाई २० हजारजनाले हेरिरहेको उनी चाल पाउँदैनन् । मुखमा चु रो ट च्या’पेर ती व्यक्तिले सीधै क्यामरामा हेरिरहेका हुन्छन् । क्यामरामा सजिलै मुख देखिएकाले चोर समात्न प्रहरीलाई सजिलो भएको थियो ।

प्रतिकृया दिनुहोस्