November 27, 2021

Nepal 1st Online News

छोरीले आफ्नो इच्छा विपरित प्रेम विवाह गरेको भन्दै बावुले आफ्नै परिवारका ७ जनालाई ज्युँदै ज’लाए

छोरीले आफूखुसी विवाह गरेको भन्दै पाकिस्तानमा एक पुरुषले आफ्नै परिवारका सात जनालाई ज्युँ’दै ज’ला’एका छन् । छोरीले आफ्नो इच्छा विपरित प्रेम विवाह गरेको र आफ्नो आत्मसम्मान गुमेको भन्दै पाकिस्तानका मन्जुर हुसेनले परिवारका सात सदस्यलाई ज्युदै ज’ला’एका हुन् ।इन्डिसेन्डेन्ट रिपोर्टका अनुसार उक्त घटना पाकिस्तानको पन्जाव प्रान्तस्थित मुजाफरगढ जिल्लाको हो ।

हुसेनले आफ्ना दुई छोरी र पाँचवटा नातिनातिनीलाई ज्युँ’दै ज’ला’एका हुन् ।हुसेनले छोरी फौजिया बिबिले आफ्नो इच्छा विपरित प्रेम विवाह गरेको भन्दै उनी श्रीमान र नाबालक छोरासहित माइतीमा बसेको बेला आ’गो लगाएर ह’त्या ग’रे’का हुन् ।सो घटनाबाट फौजिया बिबिका पति मेहबुब अहमद मात्र बाँच्न सफल भएको र घटनापछि उनले प्रहरीलाई खबर गरेको बताइएको छ ।

अहमदको बयानको आधारमा प्रहरीले घटनामा सं’ल’ग्न भएको भन्दै ससुरा मन्जुर हुसेन र सालो सविर हुसेनलाई पक्राउ गरेको छ ।प्रहरी अधिकृत अब्दुल मजिदले रोयटर्सलाई बताएअनुसार मृतक फौजिया र अहमदले सन् २०२० मा प्रेम विवाह गरेका थिए । उनीहरुको प्रेम विवाहका कारण दुई परिवारबीच टकराव पैदा सुरु भएको थियो ।

फौजियाका पिता मन्जुर हुसेन छोरीको वैवाहिक सम्बन्धविरुद्ध थिए ।सोहि कारण उनले परिवारका सातै सदस्यलाई ज्युँ’दै ज’ला’एको प्रहरीको निष्कर्श छ। पाकिस्तानमा हरेक वर्ष करिब १ हजारभन्दा बढी यस्तै प्रकृतिका घटना हुने गरेको मानवअधिकारको एक रिपोर्टले देखाएको छ।

Copyright © All rights reserved. | Newsphere by AF themes.