मामाघरवाट दसैंको टिका लगाएर फर्केकी सबिता घर पुग्नै पाइनन्

कार्तिक ३, २०७८ बुधबार 260

मामाघरवाट दसैंको टिका लगाएर फर्केकी सबिता घर पुग्नै पाइनन्

काठमाडौ । सिन्धुलीको फिक्कल गाउँपालिका(५ मा बाढीले बगाउँदा एक जना किशोरीको मृ त्यु भएको छ । फिक्कल गाउँपालिका(४ खाङसाङ निवासि गनबहादुर भुजेलकी २२ वर्षीया छोरी सबिता भुजेलको मृ त्यु भएको हो ।फिक्कल गाउँपालिका(५ जाङजाङस्थित मामा घरबाट टीका लगाइ खाङसाङ आफ्नो घर फर्कने क्रममा चाल्ने खोलामा आएको बाढीले बगाउँदा भुजेलको मृ त्यु भएको हो ।

उनलाई सोमबार साँझ खोलाले बगाएको थियो । केही दिनदेखि परेको वर्षाका कारण आएको बाढीले बगाएको भुजेलको श व करिब डेढ किलोमिटर तलबाट स्थानीयले निकालेका थिए ।यो अर्को समाचार, कात्तिक महिना लागिसक्दा पनि नेपालका अधिकांस क्षेत्रमा भारी वर्षा भइरहेको छ । यसवर्ष विगतका वर्षमा भन्दा लामो समयसम्म वर्षा कायमै रहेकाले जनजीवन प्रभावित भएको छ ।

मंगलबार सुदूरपश्चिम प्रदेश, कर्णाली र गण्डकी प्रदेशमा भारी वर्षा भएको छ भने देशभरका विभिन्न क्षेत्रमा बाढी पहिरो गएको छ । तीनजना बढीको मृत्यु भइसकेको छ अझै वर्षा रोकिएको छैन । कर्णाली, महाकाली, नारायणी, गण्डकीलगायतका नदी उर्लिएका छन् । मौसमविदले यस वर्षको मनसुन राम्रो भएसँगै वर्षा भइरहेको बताइरहेका छन् ।

यसबाहेक लुम्बिनी प्रदेश, वाग्मती प्रदेशलगायतका क्षेत्रमा हल्का वर्षा भइरहेको छ । मेघ गर्जन हुने, हावाहुरी चल्ने, बाढी पहिरो जाने भइरहेको छ । विभागले उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हिमपात र देशभरका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

प्रतिकृया दिनुहोस्