बाढीले बाटो बगाएपछि विवाह गर्न खड्‌कुँलोमा गएका जोडी

कार्तिक ३, २०७८ बुधबार 15

बाढीले बाटो बगाएपछि विवाह गर्न खड्‌कुँलोमा गएका जोडी

भारतमा वर र वधू खड्‌कुँलोमा बसेर जलमग्न सडकबाट विवाह गर्न गएको तस्बिर भाइरल भएको छ।यो तस्बिर ठूलो वर्षाका कारण नराम्ररी प्रभावित भएको केरला राज्यको थालावाद्यमा सोमवार खिचिएको हो।वर्षा र बाढीले दुःख दिएको भए पनि आकाश र ऐश्वर्या तोकिएकै मितिमा विवाह गर्न कटिबद्ध थिए।

उनीहरू दुवै जना स्वास्थ्यकर्मी हुन्।खड्‌कुँलोलाई डुङ्गा बनाएर उनीहरू विवाह गर्न मन्दिरसम्म पुगेका थिए।केरला राज्य अहिले बाढी र पहिरोले आक्रान्त बनेको छ। त्यहाँ धनजनको ठूलो क्षति पुगेको छ।वर्षाका कारण नदीहरूमा पानीको तह बढेको छ।

धेरै ठाउँमा पानीले पुल र सडक बगाएको छ भने कतिपय गाउँहरू पूर्ण रूपमा यातायात सञ्जालबाट विच्छेद भएका छन्।आकाश र ऐश्वर्याको विवाह हुने मन्दिर पनि केही डुबेको थियो।उनीहरूलाई नातेदारले नजिकैको अर्को मन्दिरबाट सापट लिएको खड्‌कुँलोमा राखेर विवाहस्थलसम्म तानेर पुर्‍याएका थिए।

प्रतिकृया दिनुहोस्