November 27, 2021

Nepal 1st Online News

रुखमा १५ घण्टादेखि चडेर बसेकालाई सेनाको हेलिकप्टर मार्फत उदार

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका ९ मुसेट्टिमा महाकाली नदीको टापुमा फसेका ५ जनाको उद्दार गरिएको छ। सुर्खेतबाट आएको नेपाली सेनाको पश्चिम कमाण्ड हेलिकप्टरले उनीहरुको उद्दार गरेको हो। प्रतिकुल मौसमका वाबजुद सेनाको टोलीले बेलुका ५ बजे उद्दार गरेका जर्नेल प्रेम शाहीले बताए।

कुखुरा फार्ममा कुरुवा बस्न गएका भीमदत्त नगरपालिका ९ मुसेट्टिका एकै परिवारका ५ जना सोमबार रातिदेखि फसेका थिए। उनीहरु १५ घण्टा रुखको बसेका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ३६ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ति नायक, १० वर्षीय अजय नायक, ४ वर्षीय बालक सुरज नायक र ५० वर्षीया गौरी खड्का महाकालीको टापुमा फसेका थिए।

Copyright © All rights reserved. | Newsphere by AF themes.